अक्षकोषका लागि दुई लाख सहयोग

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ०७:३४   सम्पादक: admin

बेझाड २८ माघ (रासस) : विद्यालयको पढाइस्तर सुधार्न रामपुर नगरपालिका– १स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा स्थापित एक कोषका लागि सहयोगस्वरुप रू दुई लाख प्राप्त भएको छ । विद्यार्थीको पढाइको स्तर खस्किएको देखेर त्यसलाई सुधार्न जापानी ताकेडाले अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषको श्रीवृद्धिका लागि अर्का जापानी काजुमासा काकीमी (ओकेबाजे) ले प्रधानाध्यापक टङ्कनाथ पोखरेललाई दुई लाखको चेक प्रदान गर्नुभयो । उक्त विद्यालयमा एसइई परीक्षा उत्र्तीण भई विज्ञान विषय लिएर बिएसीसम्म अध्ययन गर्न इच्छुक गरीब, जेहेन्दार, विपन्न र दलित विद्यार्थीको अध्ययनका लागि उक्त कोषबाट प्राप्त व्याज रकमबाट सहयोग उपलब्ध गराइने प्रधानाध्यापक पोखरेलले बताउनुभयो । आर्थिक अवस्था नाजुक हुँदा कतिपय विद्यार्थीले एसइई परीक्षा उत्र्तीण गरेपछि पढाइ छाडने गरेकाले ओकेबाजेकै पहलमा अक्षयकोषका लागि ताकेडाले सहयोग गर्नुभएको हो । 

कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री पाल्पा जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक तथा खेलकूदका सामग्री वितरण गरिएको छ । पुस्तक दिवसको अवसरमा आइतबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पाल्पा शाखाले तानसेनमा रहेको सो कारागारलाई पुस्तक तथा खेलकूदका सामग्री उपलब्ध गराएको हो । एकासी थान पुस्तक, दुई बल, एक–एक थान चेस तथा लुडो एक थान ब्याटमिन्टन र एक दर्जन कक प्रदान गरिएको शाखा अध्यक्ष किशोर भट्टराईले बताउनुभयो । आगामी वर्ष पनि यो सहयोगलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।उक्त कारागारमा ५६ महिला दुई बालबालिका र २३३ पुरुष कैदीबन्दी छन् । पुस्तक तथा खेलकूदका सामग्री पाएपछि खुशी लागेको कैदी राजु आचार्यले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np