बगरखेतीबाट मनग्य आम्दानी

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ०७:२९   सम्पादक: admin

नारायणपुर, २८ माघ (रासस): लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आउनुभएको छ । उहाँ बगरखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो । दश वर्षदेखि बगरखेती गर्दै आउनुभएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आउनुभएको छ । “यो ठाउँमा बस्न थालेको दशकौँ भइसक्यो, बगरमा तरकारी खेती गर्ने कुरा थाहै थिएन”, चौधरीले भन्नुभयो, “अहिले बगर नै हरियाली भएको छ ।” सहकारीले खेती गर्ने तरिका सिकाएपछि कृषक निर्वाहमुखी खेती प्रणालीबाट व्यवसायी बनेका छन् । सहकारीकै सहयोगमा यहाँका अन्य कृषकसमेत बगरखेतीतर्फ आकर्षित भएका छन् । देउखुरीका राप्तीगाउँपालिका र गढवा गाउँपालिका तथा लमहीनगरपालिका क्षेत्रको राप्ती बगरमा खेती गर्न किसानले कृषक समूह बनाएको सहकारी संस्थाका अध्यक्ष दिलीपराज खनालले बताउनुभयो । अहिले बगरखेती र दुग्ध परियोजनाबाट ७०० भन्दा बढी किसान लाभान्वित भएका छन् । 

कृषिजन्य वस्तुको सहजरुपमा बिक्री गर्न देउखुरीमा तरकारी बजार स्थापनाको पहल भइरहेको अध्यक्ष खनाल बताउनुहुन्छ । “बिक्री गर्न सहज होस् भनेर कृषि बजार स्थापना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । सहकारीले कृषिजन्य बीउबिजनको बिक्री केन्द्र स्थापना तथा समूहमा आबद्ध किसानलाई यान्त्रीकरणमा जोड दिई चक्लाबन्दी खेती गर्नका लागि कृषकलाई सहयोग गर्ने कार्यक्रम ल्याएको छ । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np