नाफामा प्रादेशिक अस्पतालको फार्मेसी

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ०६:५२   सम्पादक: admin

लमही, २८ माघ (रासस) : सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा रु साढे सात लाख बढी आम्दानी गर्न सफल भएको छ । अस्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म रु सात लाख ५६ हजार १७८ नाफा कमाउन सफल भएको छ । कर्मचारीको तलब, अन्य खर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाइ छ । चालू आवको छ महीनामा बिरामीलाई रु आठ लाख ६६ हजार ८४० छुट प्रदान गरिएको छ । सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपनि राप्ती प्रादेशिक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको हो । अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करीब रु १४ लाख ४३ हजार ३८८ बचत रहेको उहाँको भनाइ छ । फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म रु ३६ लाखभन्दा बढी बराबर बिरामीलाई छुट दिइसकेको उहाँको भनाइ छ । अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार औषधिको प्रकारअनुसार पाँचदेखि ५० प्रतिशतसम्म छुट पाउने गरेका छन् । अहिले फार्मेसीमा करीब ९०० प्रकारका औषधि उपलब्ध रहेको अधिकारीको भनाइ छ । 

निजी अस्पतालभन्दा सस्तोमा औषधि पाउन थालेपछि फार्मेर्सीको काउण्टरमा भीड लाग्ने गरेको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताउनुभयो । उहाँका अनुसार अस्पतालको फार्मेसीबाट दैनिक रु ५० हजार बराबरको औषधि बिक्री हुन्छ । अहिले फार्मेसी सञ्चलनका लागि चार कर्मचारी मात्रै कार्यरत रहेको उहाँले बताउनुभयो । एक फार्मेसी इन्चार्ज र अन्य तीन फार्मेसी असिस्टेन्ट कार्यरत रहेका उहाँको भनाइ छ । नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्षसमेत रहनुभएका अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्नेसमेत बताउनुभयो । उहाँका अनुसार प्रत्येक स्थानीय तहमा फार्मेसी सञ्चालन भए पनि फार्मेसीको दक्ष जनशक्ति नहुँदा अनुमानको भरमा औषधि दिने गरिएको छ । अहिले फार्मेसी सञ्चालनका लागि दुई कोठामात्रै भएकाले सेवा प्रदान गर्न समस्या हुने गरेको फार्मेसी इन्चार्ज सुलभ अधिकारीले बताउनुभयो । औषधि स्टोरका लागि दुई कोठामा मात्रै असहज भएकाले स्टोरका लागि थप कोठा आवश्यक भएको बताउनुभयो । “अहिले चिकित्सक सुत्ने र स्टोर गर्ने कोठा एउटै छ”, उहाँले भन्नुभयो । 

तपाईको प्रतिक्रिया

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

काठमाडौँ, २ फागुन (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ.....

सप्तरी, २ फागुन (रासस) : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको.....

स्तानबुल, २ फागुन (रासस÷सिन्हवा) : टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू.....

वासिङटन, संयुक्त राज्य अमेरिका, २ फागुन (रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा.....

काठमाडौँ, २ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np