कृषि श्रमिकको अभाव

प्रकाशित मिति: २७ माघ २०७५, आईतवार १०:५०   सम्पादक: admin

–गोपालप्रसाद बराल बर्दिबास, २७ माघ (रासस) : सरकारले खेतीयोग्य जग्गा बाँझो राख्न नपाउने कानून बनाउने तयारी गरिरहेकै बेला महोत्तरीका किसान भने यसपालिको श्रीपञ्चमी पर्वमा कृषि श्रमिक नपाएर पिरोलिएका छन् । मिथिलामा श्रीपञ्चमी पर्वका दिन अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको र कृषि ज्यावल बनाउने तथा मर्मत गर्ने बडही (हलो, कुटो, कोदालो बनाउने र मर्मत गर्ने मिथिलाको खास जाति समुदाय, सिकर्मी) को टुङ्गो लगाउने परम्परा छ । तर यसपालि आफ्नो गाउँनगर बस्तीमा कृषि श्रमिक र बडही नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । “श्रीपञ्चमीमा हलीको टुङ्गो लगाउन एकसातादेखि मान्छे खोज्याखोन्यै छु, तर कोही भेटिएनन्”, भङ्गाहा नगरपालिका–३ का किसान तेजनारायणसिंह थारुले भन्नुभयो, “सरकार चाहिँ खेत बाँझो राख्न नपाउने कानून बनाउँदैछ भन्ने सुनिन्छ तर गाउँनगर बस्तीमा कामदार पाइँदैनन्, मान्छे नै नपाएपछि खेती कसरी गर्नेहोला ?” जिल्लाको गाउँनगर बस्तीमा कृषि कार्यका लागि कहलिएका मुसहर युवा रोजगारका लागि भारतको पञ्जाव, हरियाणा र अन्य समुदायका युवा अरब राष्ट्र गएपछि गाउँ बस्ती युवाविहीन बनेका छन् । काम गर्ने उमेरका युवा गाउँनगर बस्तीमा नरहेपछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न नपाइएको अर्का किसान शालिग्राम ढकालले चिन्ता व्यक्त गर्नुभयो । 

हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक (मजदूर) माघ शुक्लपञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा रहिआएको छ । यसपालि गाउँनगर बस्तीमा कृषि कार्यका श्रमिक र बडही नभेटिएपछि श्रमिक र बडही वरण गर्न नपाइएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ७५ वर्षीय पाका किसान नथुनी महतोले बताउनुभयो । “आफ्नो बस्तीमात्र नभएर छरछिमेकका बस्तीमा पनि श्रमिकको खोजी गरँे” महतोले भन्नुभयो, “तर, कहीँ भेटिएनन्, कामकाजी उमेरका सबै युवा विदेशिए, अब खेती गर्नेे आश मर्यो ।” मिथिला परम्परामा श्रीपञ्चमीका दिन कृषि श्रमिक र बडहीको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि उनीहरु अघिल्लो एकवर्षका लागि काममा बाँधिएको मानिने गरिन्छ । परम्पराले यसै दिन श्रमिक र बडहीको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि अन्यत्र गएपछि काम गर्ने मान्छे पाउन नसकिएको औरही नगरपालिकाको भोइल बस्तीका किसान मोहन महतो बताउनुहुन्छ । 

पछिल्लो एक दशकयता गाउँगाउँबाट कामकाजी उमेरका युवा रोजगारीका लागि विदेश जान थालेपछि खेतीपातीको काम निकै पछि धकेलिएको किसानको भनाइ छ । कृषि कार्यमा श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी बाँझै रहेका छन् । खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रुपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेटिन छाडेपछि स–साना नानीलाई अक्षरारम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा पूर्वप्रशासक महेश्वर रायले बताउनुभयो । यस पर्वमा किसानले कृषि ज्यावललाई धोई पखाली पूजा पनि गर्छन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिल जनविश्वास रहिआएको छ । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np