पानीजहाजको सपना देख्नु गलत होइन : नेता थापा

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार १३:०१   सम्पादक: admin

गोरखा, २६ माघ (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताउनु भएको छ । नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै पति प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार चाहिन्छ, त्यसमा उडाउनुपर्ने कुरा छैन तर रेल पहिले कि देशलाई आर्थिक जोखिमबाट जोगाउने काम पहिला हो भन्ने मात्र हो ।” अहिले आर्थिक जोखिममा परेको नेपाललाई आर्थिक जोखिमबाट मुक्त गर्नतर्फ सरकार लाग्नुपर्ने भए पनि सरकारको पहिलो प्राथमिकताको विषय अलग हुनु गलत भएको उहाँको भनाइ छ । नेता थापाले देशमा लगानीको उपयुक्त वातावरण अझै बन्न नसकेको भन्दै देशभित्रको उद्योगधन्दा र आर्थिक क्रियाकलाप चलायमान भए मात्र वैदेशिक लागनी भित्र्याउन सकिनेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकार इतिहासकै सबैभन्दा शक्तिशाली र अनुकूल वातावरण पाएको सरकार भएको भन्दै जनताले सरकारसँग बढी अपेक्षा गर्नु स्वाभाविक भएको बताउनुभयो । अर्को फरक प्रङ्सगमा नेता थापाले चुनावमा पराजय हुनासाथ पार्टी सकियो भन्ने र सरकारले नराम्रो गरेकाले हामी अबको चुनाव जित्छौँ भन्ने काङ्ग्रेसमा रहेका दुवै खालको सोच गलत भएको तर्क गर्नुभयो । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np