पर्यटकीय गन्तव्य बन्न सकेन् शुक्लाफाँटा

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार ११:२१   सम्पादक: admin

भीमदत्तनगर, २५ माघ (रासस) : वन्यजन्तुदेखि सीमसार क्षेत्रसम्मको जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अझै बाह्य पर्यटकको गन्तव्य बन्न सकेको छैन । विगतभन्दा केही वर्षयता घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको भएपनि प्रसार÷प्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको हो । शुक्लाफाँटाभित्रको विविधता अन्तर्राष्ट्रियस्तरमा चिनाउन नसक्दा यहाँ भरपूर पर्यटक ल्याउन सकिएको छैन । थोरै क्षेत्रफलमा धेरै पाटेबाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिङ्गे गैँडा र हात्तीको लस्करका साथै ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको शुक्लाफाँटामा भौगोलिक कारणले पनि पर्यटक काम आउने गरेको बुझाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले मुलुकका अन्य पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई शुक्लाफाटा ल्याउनका लागि समन्वयको अभाव रहेको बताउनुभयो । “यस्तो विविधता रहेको निकुञ्जमा पनि यसप्रकारका हेर्नलायक ठाउँ र वन्यजन्तु छन् भनेर पर्यटकलाई काठमाडौँमा जानकारी दिन सके फलदायी हुन्छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसारसंगै यहाँ होटल व्यवसायको विकास पनि आवश्यक देखिन्छ ।” 

सीमसार क्षेत्र र निकुञ्जभित्र ऐतिहासिकस्थल समेत रहेको शुक्लाफाँटासँगै जोडिएका दुई वटा होमस्टे र एउटा रिसोर्ट छन् । वार्षिक तीन हजारको सङ्ख्यामा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आएको निकुञ्ज कार्यालयले जनाएको छ । महाकाली नदीमा निर्माणाधीन पक्की पुल बने भारतलगायत तेस्रो मुलुकबाट यहाँ पर्यटकको आवागमन बढ्ने आशा गरिएको छ । “काठमाडौँबाट भूगोलका हिसाबले पनि शुक्लाफाँटा टाढा भन्ने भयो ।” प्रमुख संरक्षण अधिकृत पौडेलले भन्नुभयो, “अन्य निकुञ्जमा आउने पर्यटकलाई यहाँ ल्याउन पहलकदमी हुन सकेको छैन ।” शुक्लाफाँटा निकुञ्जभित्र ५४ वर्ग किलोमिटरमा फैलिएको घाँसे मैदानमा दुर्लभ बाह्रसिङ्गेको झुण्ड यहाँको मुख्य आकर्षक भएको निकुञ्ज कार्यालयको भनाइ छ । विसं २०३१ मा स्थापना भएको निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको देवीदल गण खटिएको छ । गणले पनि वन्यजन्तु संरक्षणका लागि केही महीनाअघि देखि विशेष कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत केही स्थानबाट तस्करीका काठ नियन्त्रणमा लिइएको छ । शुक्लाफाँटा निकुञ्जसंगै यहाँको महाकाली नदीमा अवस्थित एशियाकै लामो झोलुङ्गे पुल, झिलमिला ताल, बेदकोट ताल, लिङ्गालगायतका पर्यटकीय क्षेत्र छन् । यहाँको बेदकोट नगरपालिकाले पर्यटीय क्षेत्रको विकास एवं विस्तारका लागि गुरुयोजनासहित अघि बढेको नगरप्रमुख अशोककुमार चन्दले बताउनुभयो । 

“बेदकोटको भ्यूटावरदेखि लिङ्गाका मठमन्दिरसम्म पुग्ने सडकको स्तरोन्नतिको काम नगरपालिकाले गरेको छ”, उहाँले भन्नुभयो, “यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि सबैको हातेमालो जरुरी छ ।” त्यसैगरी भीमदत्तनगरपालिकाको उत्तरमा रहेका झिलमिला धार्मिक क्षेत्रको विकासमा पनि भीमदत्तनगरपालिका सक्रियताका साथ लागेको छ । झिलमिलासम्म जाने सडक कालोपत्र गर्ने कार्य भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि विगत लामो समयदेखि यहाँको पर्यटकीय क्षेत्रको पहिचान र विस्तारका लागि कार्य गरिरहेको सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिनुभयो । “यसक्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं सम्र्वद्धनका लागि सङ्घले २०५७ सालदेखि नै लागेको छ”, अध्यक्ष मल्लले भन्नुभयो, “यहाँको सम्भावनाको खोजी गरी पर्यटकीय हब बनाउन पर्यटन बोर्डको पनि ध्यान जानुपर्छ ।” यहाँका पर्यटकीय क्षेत्र सबैको रोजाइमा पार्न पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । 

तपाईको प्रतिक्रिया

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np