निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार ०७:५१   सम्पादक: admin

काठमाडौँ, २६ माघ (रासस) : उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अस्वस्थ खाना र जीवनशैलीका कारण क्यान्सर, मुटुरोगजस्ता नसर्नेखालका रोगहरुको सङ्क्रमण निकै बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवा निकै महङ्गो भएकाले सर्वसाधारण जनताको पहुँचमा ल्याउन सरकारले विशेष सहुलियत र सहयोगको व्यवस्थामा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले विपन्न वर्गका जनतालाई लक्षित गरी सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रमलाई देशभर लैजान आवश्यक रहेको बताउनुभयो । पूर्वउपप्रधानमन्त्री एवं नेकपा(माले)का महासचिव सीपी मैनालीले सन् १९६० मा नेपाल–पाकिस्तानबीच दौंन्त्य सम्बन्ध स्थापना भएपछि दुई देशबीचको मैत्री सम्बन्ध अझ फराकिलो बन्दै आएको बताउँदै सार्कलाई क्रियाशील बनाई दुई छिमेकी हुनुको फाइदा अझ दिन सक्नुपर्ने धारणा राख्नुभयो । 

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा मजहर जावेदले नेपाली विद्यार्थीलाई पाकिस्तानमा चिकित्सालगायत विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरी दुई देशबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गरिएको बताउँदै यस किसिमका स्वास्थ्य शिविरलाई आगामी दिनमा अझ बढाउँदै लगिनेछ भन्नुभयो । सङ्घका अध्यक्ष हिमालयशम्सेर राणाले पाकिस्तानबाट चिकित्सा शिक्षा उत्तीर्ण गरी स्वदेश फर्किएका चिकित्सकहरुको सक्रियतामा नौ वर्षदेखि वर्षमा दुईपटक काठमाडौँ र कार्भेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिंदै आएको जानकारी दिनुभयो । सङ्घका महासचिव मञ्जुरत्न शाक्यले शहरी क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा विरामीलाई छ महीनासम्म औषधिसमेत उपलब्ध गराइने बताउनुभयो 

तपाईको प्रतिक्रिया

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

काठमाडौँ, २ फागुन (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ.....

सप्तरी, २ फागुन (रासस) : प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको.....

स्तानबुल, २ फागुन (रासस÷सिन्हवा) : टर्कीको उत्तरपश्चिम प्रान्त बुर्सामा इस्लामिक स्टेट्स (आइएस) लडाकू.....

वासिङटन, संयुक्त राज्य अमेरिका, २ फागुन (रासस÷सिन्ह्वा) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा.....

काठमाडौँ, २ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँग जीवन्त सहकार्य गरेर अघि बढ्ने.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np