पर्यटकीय पदमार्ग निर्माण

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार ०७:४७   सम्पादक: admin

गलकोट, माघ २६ (रासस) : बागलुङ जिल्लाको पर्यटकीयस्थल घुम्टे जाने पर्यटकलाई लक्षित गरी पक्की पदमार्ग निर्माण गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मको सानाखोलादेखि चौतारासम्म ५०० मिटर पक्की पदमार्ग निर्माण सम्पन्न भएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोट नगरपालिकाको क्रमागत बजेट अन्तर्गत वर्षको रु आठ लाख र यो वर्षको रु चार लाख गरी रु १२ लाखको लागतमा पर्यटकीय पदमार्ग निर्माण गरिएको कार्यबाहक वडाध्यक्ष लोकबहादुर थापाले बताउनुभयो । पक्की पदमार्गलाई साना खोलाबाट राम्चेढुङ्गा हुँदै घुम्टेको धुरी पुरयाउने लक्ष्य राखिएको छ । पदमार्र्ग घुम्टेको धुरीसम्म पुग्दा झण्डै १० किलोमिटर लामो पदमार्ग हुने पदमार्ग निर्माण समितिका अध्यक्ष भक्तबहादुर थापाले बताउनुभयो । ‘घुम्टे जाने पर्यटकलाई छोटो दुरीमार्फत सहजयात्राका लागि पक्की पदमार्ग निर्माण गरिरहेका छौँ,’ थापाले भन्नुभयो, “निर्माण सम्पन्न गर्नका लागि रु दुई करोड बजेट लाग्ने अनुमान छ ।” पदमार्गका लागि ठूलो बजेट आवश्यक भएका कारण गलकोट नगरपालिकामार्फत प्रदेश तथा केन्द्रीय सरकारलाई बजेट माग गरिएको थापाको भनाइ छ । गलकोट नगपालिकाले गलकोटको पहिचानका रुपमा रहेको जिल्लाकै सबैभन्दा उच्च पहाड घुम्टे धुरी पुग्ने पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ । 

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको बीचमा रहेको घुम्टे लेकमा पर्यटन प्रवद्र्धन गर्न प्रत्येक वर्ष गुराँस उत्सव गर्ने गरिएको छ । घुम्टेलाई गुराँस पहाड घोषणा र वैशाख १ गते लालीगुराँस दिवस मनाउन माग गर्दै गलकोट घुम्टे पर्यटन केन्द्रले प्रत्येक वर्ष गुराँस उत्सव गर्न शुरु गरेसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेपछि पदमार्ग निर्माण गर्न थालिएको हो । घुम्टे पहाडमा अनेकौं प्रजातिका गुराँस फुलेको हेर्न चैत, वैशाखमा पर्यटकको बढी भीड लाग्ने गर्दछ । समुन्द्र सतहदेखि १० हजार ९ सय ९३ फिटको उचाईमा अवस्थित प्रसिद्व घुम्टेमा सिद्ध र भैरवको मन्दिर समेत रहेका छन् । मन्दिरमा वैशाखी पूर्णिमामा ठूलो मेला समेत लाग्ने गर्दछ । झण्डै ४ घण्टाको पैदल यात्रापछि पुग्न सक्ने घुम्टेमा पदमार्ग निर्माण भएपछि आउजाउमा निकै सहज हुनेछ । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np