सामुदायिक विद्यालयमा बस सेवा

प्रकाशित मिति: २६ माघ २०७५, शनिबार ०६:५९   सम्पादक: admin

पर्वत, २६ माघ (रासस) : पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो । प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरिएको हो । बस सेवा शुरु गर्ने नवजागृत मावि पर्वतको पहिलो सामुदायिक विद्यालय हो । बस सेवा सञ्चालनका लागि गाउँपालिकाले रु २२ लाख २५ हजार सहयोग गरेको छ भने नपुग रु एक लाख ६३ हजार पनि उपलब्ध हुने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुवेदीले बताउनुभयो । बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका विद्यार्थीलाई सुविधा पुगेको छ । नवजागृत माविमा पर्वतको मोदीगाउँपालिका, कुश्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाबाट समेत विद्यार्थी आउने गर्दछन् । बस सेवा पुगेपछि एक घण्टा पदैल हिँड्ने र १५ किलोमिटर बसमा यात्रा गरेर समेत विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् । यो विद्यालयमा अहिले ७०० भन्दा बढी बिद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा १० सम्म पढाउने गरेको छ । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np