प्रकाशित मिति: २६ माघ २०७५, शनिबार ०६:५७ सम्पादक: admin
रुपन्देही, २६ माघ (रासस) : शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । फागुन १ गतेदेखि रामनगर खेलमैदानमा हुने सो प्रतियोगिताका लागि सबै तयारी पूरा भएको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिनुभयो । तेइसौँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरिने उक्त प्रतियोगितामा विजेतालाई रु एक लाख एक हजार र उपविजेतालाई रु ५० हजार ५०० सहित कप तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । उक्त प्रतियोगितमा १० समूह सहभागी भएको बताइएको छ
© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np