गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार ०६:१९   सम्पादक: admin

– भोजराज कार्की सोलुखुम्बु, २२ माघ (रासस) : माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफँैले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी उपप्रमुख जुनिता मगरले जानकारी दिनुभयो । उक्त परीक्षा सञ्चालन गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा पाँच सदस्यीय परीक्षा समिति गठन गरिएको छ । गठित समितिले परीक्षा मिति र प्रश्नपत्र तयार पार्ने छ । “शैक्षिक गुणस्तरवृद्धि गर्ने उद्देश्यले पालिकाभरि एकैपटक परीक्षा सञ्चालन गर्ने निर्णय गरेका हौँ”, उपप्रमुख मगरले भन्नुभयो, “यसले शिक्षामा एकरुपता ल्याउन सहयोग पुग्ने हाम्रो विश्वास छ ।” उहाँका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदो क्रममा रहेको भन्दै निजी विद्यालयतर्फ अधिकांशको आकर्षण बढेकाले त्यसको न्यूनीकरण गर्ने प्रयासस्वरुप पालिकाले परीक्षा सञ्चालन गर्ने भएको हो । परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई क्रमशः नगद रु १० हजार, आठ हजार र छ हजार प्रदान गरिने उपप्रमुख मगरले जानकारी दिनुभयो । 

यस्तै कक्षा ८ बाट सहभागी विद्यार्थीले ल्याएको उत्कृष्ट अङ्क, विद्यार्थी सङ्ख्यालगायतलाई मूल्याङ्कन गरी तीन विद्यालयलाई संस्थागत नगद रु ५० हजार, ४० हजार र ३० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थीलाई समेत उत्प्रेरित गर्ने उद्देश्यले पुरस्कार राशि निर्धारण गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले सञ्चालन गर्ने परीक्षामा कक्षा ५ का लागि २१ र कक्षा ८ का लागि १३ विद्यालयका करीब ६०० विद्यार्थीले सहभागिता जनाउने बताइएको छ । बैठकले प्राविधिक र व्यावसायिक शिक्षा सञ्चालनका लागि दीर्घकालीन योजना निर्माण गर्ने निर्णय गरेको छ । यो शैक्षिकसत्रमा पालिकास्तरीय परीक्षा सञ्चालनको निर्णय गर्ने माप्यदूधकोशी जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । शैक्षिकसत्र २०७४ मा थुलुङदूधकोशी गाउँपालिकाले पहिलोपटक कक्षा ८ को परीक्षा लिएको थियो । तर, यो वर्ष भने उक्त गाउँपालिकाले त्यससम्बन्धी कुनै पनि निर्णय गरेको छैन । शिक्षामा सुधार ल्याउने भन्दै गाउँपालिकाले शिक्षा ऐन पारित गरेर काम गरिरहेको भए पनि सुधार हुन नसकेको अभिभावक बताउँछन् । थुलुङदूधकोशी गाउँपालिका–८ का कुलबहादुर राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले सशक्त कदम चाल्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np