द्वन्द्वपीडित सुरक्षाकर्मीका आफन्त पक्राउ

प्रकाशित मिति: ३० पुष २०७५, सोमबार ११:५५   सम्पादक: admin

काठमाडौँ, ३० पुस (रासस) : प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई आज पक्राउ गरेको छ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि पक्राउ गरिएको हो । उक्त संघले दुई जना घाइते भएका जनाएको छ । बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै आन्दोलन गरेका थिए । सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी (क) वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्नुभयो । संघका संयोजक शेरबहादुर बस्नेतले देश र जनताको सुरक्षा दिने सिलसिलामा करिब दुई हजार ८०० सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको उल्लेख गर्दै सरकारले उनीहरुलाई शहीद घोषणा गरिसकेको भए पनि सुविधा प्राप्त हुन नसकेकाले त्यसतर्फ सरकारलाई संवेदनशील बन्न आग्रह गर्नुभयो । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार मञ्जु गिरीले तत्कालीन युद्वमा सहिद भएका सुरक्षाकर्मी तथा घाइतेलाई सरकारले सुविधा दिने विषयमा सरकार लचिलो हुनुपर्ने विचार व्यक्त गर्नुभयो । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np