पुरानो पेशालाई संरक्षण गर्दै तामा उद्योग

प्रकाशित मिति: ३० पुष २०७५, सोमबार ११:४९   सम्पादक: admin

–सुशीला रेग्मी बेझाड, ३० पुस (रासस) : तामाको भाँडा बनाउने पुरानो पेशा जोगाउन पाल्पा, रामपुर नगरपालिका– ५ मटेरी बस्ने दुर्गाप्रसाद पोखरेलले तामा उद्योग सञ्चालन गर्नुभएको छ । समाजबाटै लोपोन्मुख भइसकेको पुरानो तामाको भाँडा बनाउने पेशा गाउँघरमा खासै भेटिदैनन् । पोखरेलको उद्योगमा अहिले हातले कुदेका कलात्मक तामाका भाँडा बनाउने गरिन्छ । उहाँको उद्योगमा तामाका भाँडा बनाउने र खरीद गर्ने ग्राहकको आकर्षण बढ्दै गएको छ । अहिले नयाँ नमुनाका तामाका गाग्री, ताउलो, अमखोरा, माना, पाथीलगायत सामान ग्राहकले बढी मन पराउने गरेको उहाँले बताउनुभयो । “तामाका भाँडा बनाउने उद्योग सबै बन्द अवस्थामा छन्, त्यसलाई पुनःसंरक्षण गर्न र तामाका भाँडा घर घरमा चलनचल्तीमा ल्याउनका लागि उक्त उद्योग संचालन गरेको हुँ” पोखरेलले भन्नुभयो । पोखरेलले एक वर्षअघि रु ३० लाखको लागतमा सञ्चालन गर्नुभएको उक्त उद्योगबाट तीन जनालाई रोजगारीसमेत मिलेको छ । यहाँ उत्पादन भएका तामाका गाग्री, ताउलो, अमखोरालगायत सामान प्रतिकिलो रु एक हजार ३०० देखि एक हजार ६०० का दरमा धमाधम बिक्री भइरहेको छ । ग्राहकको मागअनुसार हातले कुदेर नयाँ नमूनाका विभिन्न तामाका भाँडा बनाउने गरेको कालीगढ प्रेम सुनारले जानकारी दिनुभयो । “ग्राहकले जस्तो बनाउन अर्डर दियो त्यस्तै खालका हातले मात्र कुदेका तामाका गाग्री, ताउलोलगायत सामान बनाउने गरेको छु, धेरैले मन पराउने गरेका छन्”, सुनारले भन्नुभयो । 

उहाँले बाउबाजेको पालादेखि तामाको भाँडा बनाउने सीप सिक्नुभएको हो । गाउँघरमा तामाका भाँडा बनाउने उद्योग नै विस्थापित हुँदा यो पेशा पनि मासिदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । “हातमा सीप छ तर गाउँमा भएका तामाका उद्योग सबै बन्द भए, बीचमा केही समस्या प¥यो, तर अहिले भने यहाँ उद्योग सञ्चालन भएपछि काम गर्ने अवसर मिलेको छ”, सुनारले भन्नुभयो ।हातले नै कुदेर बनाएको सामान भएकाले ग्राहकले गाउँघरमा पुराना भाँडासँग साटेर नयाँ नमुनाका तामाका भाँडा लैजाने गर्छन् । टाढाटाढाबाट ग्राहक पुराना भाँडा बोकेर उद्योगमा आउने गर्छन् । पछिल्लो समय घर घरमा तामाका भाँडा सजाएर राख्ने चलन पनि बढ्दै गएको छ । जिल्लामा विभिन्न आधुनिक प्रविधि भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै गएका हुन् । गाउँघरमा हातले कुँदेर बनाइएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगले हराउँदै गएका हुन् । यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रन थालेका छन् । तामाका भाँडाको सट्टामा स्टिल र प्लाष्ट्रिकका भाँडाको प्रयोगले गर्दा तामाका भाँडा बनाउने उद्योग विस्थापित हुन पुगेका हुन् । आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु र तामाका सामग्रीको उपयोग कम हुँदै जानुजस्ता कारणले यस्ता सामग्री विस्थापित हुन पुगेको हो । 


घरेलु उद्योगभित्र पर्ने भए पनि यस्ता उद्योगलाई निरन्तरता दिन कहीँकतैबाट पहल भएन् । पाल्पा जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने अवसर पनि थियो त्यो अवसरलाई कुनै निकायले जोगाउन नसक्दा यतिखेर हराउन पुगेको पुराना उद्यमीको भनाइ थियो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ यस्ता उद्योग संरक्षण र विकासका लागि आफूले प्राथमिकता दिने बताउनुभयो । झडेवाको बगाले, हुमिन, रुप्से, बन्दीपोखरा, बौघापोखराथोक, अर्गली, ख्याहा, ताहुँजस्ता २० भन्दा बढी साविकका गाविसमा सञ्चालित उद्योगमा झण्डै एक हजारलाई रोजगारी मिलेको स्थानीयवासीले बताए । अहिले व्यवसाय नै हराउँदै गएपछि गाउँमा विदेश जाने युवाको सङ्ख्या बढ्दो छ । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

राँझा, १२ चैत (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np