मेगा बैंकको लाभांश स्वीकृत

प्रकाशित मिति: ३० पुष २०७५, सोमबार ११:४२   सम्पादक: admin

काठमाडौँ, ३० पुस (रासस) : मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो । शेयर लाभांश वापत रु १० करोड ३० लाख ९४ हजार ८७५ बराबरको शेयर शेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै रु ४० लाख ६६ हजार ६४० रकम भने सञ्चित मुनाफामा राखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंकले रु एक अर्ब ७१ करोड २१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । आव २०७३/७४ मा त्यस्तो मुनाफा रु रु एक अर्ब १३ करोड दुई लाख रहेको थियो । बैंकले रु ४५ करोड ४० लाख रकम सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ । चालु अवाको पहिलो त्रैमाससम्म बैंकले रु तीन अर्ब १५ करोडले निक्षेप वृद्धि गरी रु ६६ अर्ब १२ करोड पु¥याएको छ । यस्तै रु ६२ अर्ब २५ करोड ऋण लगानी गरेको छ । सो अवधिमा बैंकले रु ४० करोड ४६ लाख खुद मुनापाmा गरेको छ । बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ । 

बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले जानकारी दिनुभयो । बैंकको हाल चुक्ता पूँजी रु १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५७८ कायम रहेको छ । बैंकले ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी गत वैशाख ३० गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता.....

गलकोट, १० चैत (रासस) : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल.....

टिब्लिसी, ११ चैत (रासस/एएफपी) – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध.....

मस्को, ११ चैत (रासस/एएफपी) – सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि.....

जियाङ्सु, ११ चैत (रासस/सिन्ह्वा) – पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np