दुई शिक्षक सङ्गठनबीच एकीकरण

प्रकाशित मिति: २९ पुष २०७५, आईतवार ०६:०९   सम्पादक: admin

इनरुवा, २९ पुस (रासस) : नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीच एकीकरण भएको कार्यदल सदस्य सत्यनारायण मेहताले जानकारी दिनुभयो । सुनसरीमा पार्टीको एकीकरणको निणर्यअनुसार शिक्षक सङ्गठनको एकीकरण भएको सदस्य मेहताले बताउनुभयो । एकीकरण भेलाबाट रामबहादुर विष्टको संयोजकत्वमा ६५ सदस्य समिति एकीकृत सङ्गठन निर्माण गरिएको छ । एकीकृत सङ्गठन समितिको सह संयोजकमा भोजराज न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यमा बेचन यादव, चिरञ्जीवी रेग्मी, बद्री कार्की, रमानन्द मण्डल, सकिला सुब्बा, सरितादेवी मेहता, प्रमुनारायाण चौधरी, बोधराज घिमिरे, सत्यनारायण मेहतालगायतका रहेका छन् ।देशभरका जिल्लामा एकता प्रयास जारी रहेको बेला सुनसरीमा दुई सङ्गठनको एकता भेलाबाट एकीकृत सङ्गठनको समितिसमेत सार्वजनिक गरेको छ । 

रुखबाट लडेर मृत्यु सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडी जङ्गलमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जङ्गलमा घाँस काट्न गएको बेला अन्दाजी ४० फिटमाथि कुम्बिको रुखबाट लडेर उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np