समान सहभागितामा जोड

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार ११:५४   सम्पादक: admin

काठमाडौँ, २८ पुस (रासस) : राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्ने माग गरिएको छ । अपाङ्गता संगठन नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा अपाङ्गता अधिकारकर्मीले नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिको समान सहभागिताका लागि संवैधानिक व्यवस्था गर्नुपर्ने माग गर्नुभएको हो । नीति निर्माण तहमा अपाङ्गताको समान सहभागिता गराउनुको सट्टा विभिन्न राजनीतिक दलले निर्वाचनमा भोट बैँकका रुपमा मात्र प्रयोग गर्ने गरेको अधिकारकर्मीको गुनासो छ । नेपाल कम्युष्टि पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. विजय सुब्बाले अधिकारका लागि अपाङ्गता भएका व्यक्तिबीच नै एकता हुन नसकेको भन्दै एकताका लागि आग्रह गर्नुभयो । अधिकारकर्मी टेकनाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिको योगदानका कारण देशमा सकारात्मक परिर्वतन हुँदा समेत केन्द्रीय सरकार, प्रदेश सरकार, प्रतिनिधी सभा र राष्ट्रियसभा लगायत राज्यका कुनै पनि स्थानमा अपाङ्गता भएका व्यक्तिको सहभागिता हुन नसकेको गुनासो गर्नुभयो । अपाङ्ता सङ्गठन नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गताको सवालमा प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्न अपाङ्गता भएका व्यक्तिबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र वेरोजगारीको समस्यालाई राज्यले वेवास्ता गरेको उहाँको गुनासो छ । नेपालको पछिल्लो तथ्याङ्कअनुसार अपांगता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको एक दशमलब ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ रहेका छन् । 

तपाईको प्रतिक्रिया

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

नयाँदिल्ली, २ असार (रासस÷एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार.....

३ असार (रासस÷एएफपी) : इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार.....

नयाँ दिल्ली, ३ असार (रासस÷एएफपी) : भारत सरकारले इन्सेफ्लाइटिसको महामारीबाट १०० जना भन्दा बढी बालबालिकाको ज्यान.....

२ असार (रासस ÷सिन्ह्वा) : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको झडपमा पाँच.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np