कृषिलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउन आवश्यक–कृषिमन्त्री

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १०:४०   सम्पादक: admin

कृष्णनगर, २८ पुस (रासस) : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने बताउनुभयो । मन्त्री खनालले कृषि उत्पादन वृद्धि गर्न रासायनिक मललाई प्रतिस्थापित गरी प्रागाङ्रिक मलको प्रयोग बढाउन विशेष योजनाका साथ कार्य भइरहेको बताउनुभयो । कपिलवस्तुको कृषियोग्य जमीनको लागि जिल्लाको विजयनगर गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषि व्यवस्थापन गर्न लागिएको पनि उहाँले जानकारी दिनुुभयो । मन्त्री खनालले अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको बताउँदै दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ भन्नुभयो । भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेकामा मन्त्री खनालको जोड छ । कार्यक्रममा प्रदेश नं ५ का सांसद अर्जुनकुमार केसीले कृषि क्षेत्रलाई व्यवसायीकरण, प्रतिस्पर्धी एवं गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np