लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार ०६:३६   सम्पादक: admin

लहान, २४ पुस (रासस) : लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ । यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–१० स्थित धरमपुरमा स्थानीयवासीले बारीमा लगाएको करीब २०० बोट गाँजा फँडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा करीब २६ हजार मूल्य बराबरको साडी कपडा बरामद गरेको छ । अग्निपीडित परिवारलाई राहत वितरण सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गर्नुभयो । 

स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उहाँको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाया, अन्नबाली तथा छिमेकी विन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको थियो । आगलागी भएको घटना थाहा पाएलगत्तै गाउँपालिका अध्यक्षसहितका पदाधिकारी घटनास्थल पुगेको र पीडित परिवारकै आवश्यकताअनुसार तत्कालका लागि गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्मललगायतका समान उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेश्वरप्रसाद पटेलले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

भक्तपुर, १२ चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np