वैतनिक कानून व्यवसायी प्रहरी हिरासतमा

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार ०६:३४   सम्पादक: admin

मेलम्ची, २४ पुस (रासस) : जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ । खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफैंले लेखेर आफँैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ । हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १२ चैत (रासस) : सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

चौतारा, १२ चैत (रासस) : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत्.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np