नेतृत्वका लागि मल्ल र भट्टको मनोनयन

प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार ०६:२२   सम्पादक: admin

भीमदत्तनगर, २४ पुस (रासस) : कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि यहाँका दुई व्यवसायीले सोमबार मनोनयन दर्ता गराएका छन् । सङ्घको १६औँ कार्यकारणी समितिको निर्वाचनका लागि लागि वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्ल र व्यवसायी सञ्जीवचन्द्र भट्टले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । प्यानलसहित चुनावी दौडमा रहेका मल्ल र भट्ट टिम उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रेका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद जोशी र पिताम्बर जोशीले उम्मेदवारी दर्ता गराएका छन् । उद्योग उपाध्यक्षतर्फ तेजसिंह कार्की र हेमराज जोशी तथा वाणिज्य उपाध्यक्षतर्फ सुरेश गुरुङ र मदनराज पन्तले मनोनयन दर्ता गराएका छन् । महासचिवमा खगेश्वरप्रसाद बोहरा र बासुदेव जोशी तथा सचिवमा गणेश चटौत, धर्मसिंह रावल र रञ्जना थापाले उम्मेदावरी दर्ता गराएका छन् । कोषाध्यक्षमा राहुल भट्ट र निर्मला सापकोटा भट्टको उम्मेदवारी परेको छ । 

सदस्य पदका लागि सुन्दरकुमार गौतम, सुरेन्द्रसिंह साउद, भोजराज अवस्थी, कृष्णदेव भट्ट, गजेन्द्रराज पाण्डेय, चन्द्रसिंह कार्की, चेतराज जोशी, धिरज चन्द, परमानन्द जोशी, विवेकराज जोशी, विशाल सुनार, महेशराज जोशी, यज्ञराज भट्ट, समरजङ्गबहादुर चन्द र सुनीलकुमार सेठ्ठीले मनोनयन दर्ता गराएका छन् । सङ्घको निर्वाचन आगामी माघ ५ गते हुँदैछ । सङ्घमा चार हजार २०० भन्दा बढी सदस्य आवद्ध रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

भक्तपुर, १२ चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np