किबी खेतीबाट पन्ध्र लाख आम्दानी

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ०९:२९   सम्पादक: admin

बनेपा, २३ पुस (रासस) : कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आउनुभएको छ । रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उहाँले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आउनुभएको छ । “वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उहाँले भन्नुभयो । कृषि अनुसन्धानकर्तासमेत रहनुभएका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल हुनु भएन । “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उहाँले भन्नुभयो । अहिले उहाँको खेतमा चार सयको हाराहारीमा किबीको बोट छ । 

कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउनुहुन्छ । “वार्षिक रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उहाँले भन्नुभयो, “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।” काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो रु २५० सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भन्नुभयो । उहाँले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । किबीखेती गर्न उहाँले हालसम्म रु ८० लाखसम्म लगानी गर्नुभएको छ । किबीको एउटा बिरुवाको मूल्य रु तीन सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भन्नुभयो । एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

भक्तपुर, १२ चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np