विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ०८:०४   सम्पादक: admin

काठमाडौँ, २३ पुस (रासस) : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै आज उहाँले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताउनुभयो । मन्त्री अधिकारीले आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको रु नौै अर्ब जोखिममा पर्नसक्ने उल्लेख गर्नुभयो । मन्त्रालयका सचिव तथा जिम्मेवार पदाधिकारीसहित पत्रकारसामु उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “उक्त रकम जोखिममा परेको भए वा जहाज समयमा नआएको भए यसको जिम्मेवार को हुने थियो ? र यसको जवाफ कसले दिन्थ्यो ? यसबाट न जहाज आउने न रकम आउने अवस्था सिर्जना भई निगम तत्काल टाट पल्टिने अवस्था आउने थियो, जो म गर्न सक्दैन थिएँ ।” 

उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै सर्वाेच्च अदालतबाट सो खरीद प्रक्रिया रोक्न नपर्ने फैसला दिएको, महालेखा परीक्षकले प्रक्रियामा प्रश्न उठाए पनि रोक्न नभनेको र त्यसबीचमा लेखा समितिले कुनै निर्देशन नदिएको दावी गर्नुभयो । लेखा समितिमा आफूले जवाफ दिने क्रममा महालेखा परीक्षकलाई सोधेर विमानको किस्ता भुक्तानी गर्न निगमलाई अनुमति दिएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “महालेखालाई औपचारिकरूपमा सोधिएको र उसले लिखित जवाफ दिएको भन्ने होइन । महालेखा परीक्षकसँग अनौपचारिक कुराकानी भएको हो । मेरो कार्यकालमा भुक्तानी भएको छैन भन्ने विषयलाई मैले निगमसँग नबुझी समितिमा बोलेँ भन्ने कुरा पछि मैले महसुस गरेँ, यद्यपि भुक्तानी मन्त्रालयले दिने नै होइन । निगम स्वायत्त छ । मुद्रा सटहीको अनुमति मात्र मन्त्रालालयले दिएको हो । मेरो कुनै हस्ताक्षर वा संलग्नता छैन ।” उहाँले सो प्रकरणमा संसदीय समिति, नियामक निकायलगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने छानविनमा आफ्नो पूर्ण सहयोग हुने र सत्यतथ्य बाहिर आई भ्रमको निवारण हुने दावी गर्नुभयो । 

मन्त्री अधिकारीले भन्नुभयो, “म संसद् र नियामक निकायमा विश्वास गर्छु, सञ्चारमाध्यमममा विश्वास गर्छु । म कसैलाई पूर्वाग्रही भन्दिनँ, घटनाक्रमले पछि देखाउने नै छ । मेरो कार्यकालमा कुनै कमजोरी, त्रुटि र अनियमिता भएको छानविनमा देखिए म जिम्मेवारी लिन्छु, आगोमा फलाम खारिए झैँ खारिन तयार छु तर म विचलित छैन ।” आफूले कुर्सी वा पदका लागि राजनीति नगरेको उल्लेख गर्दै उहाँले नयाँ जहाज ल्याउन नदिने र निगमलाई टाट पल्टाएर फाइदा लिनेसँग जुध्दै मुलुकको विकास र समृद्धिका लागि निरन्तर लाग्ने प्रण उहाँले गर्नुभयो । मन्त्रालयका सचिव कृष्ण देवकोटाले पनि विमान खरीद प्रक्रियासम्मत भएको र विगतमा लेखा समितिले चासो दिए पनि कुनै निर्देशन नदिएको उल्लेख गर्नुभयो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

राँझा, १२ चैत (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np