निःशुल्क स्वास्थ्य परीक्षण

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार ०९:४१   सम्पादक: admin

दाङ, २२ पुस (रासस) : सडक दुर्घटना न्यूनीकरणका लागि भन्दै प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा आज राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका–३ को गोटी खोलामा चालकका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । प्रदेश नं ५ का प्रहरी प्रमुख पिताम्बर अधिकारीले शिविरको उद्घाटन गर्दै सो प्रदेशमा सवारी दुर्घटनाको तथ्याङ्कलाई विश्लेषण गर्दा करीब ८५ प्रतिशत सवारी दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेको भन्दै दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको बताउनुभयो । बिहानदेखि शुरु भएको शिविरमा हालसम्म लामो तथा छोटो दूरीमा सञ्चालन हँुदै आएका गाडीलाई बाटोमा नै रोकेर स्वास्थ्य परीक्षण (रक्तचाप र आँखा गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख जीवनकुमार शाहीले जानकारी दिनुभयो । गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी विद्यार्थी, शिक्षक, बसचालक र सहचालक गरी २३ जनाको मृत्यु भएको थियो । त्यसैगरी गत मङ्सिर मसान्तका दिन चितवनबाट दुलही लिएर बाँकेको राप्ती सोनारी गाउँपालिकातर्फ आउँदै गरेको जन्तीको गाडी दुर्घटना हुँदा दुलाहाका बुबाआमासहित ६ जनाको लमही नगरपालिका–९ रिहारमा मृत्यु भएको थियो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

चौतारा, १२ चैत (रासस) : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत्.....

काठमाडौँ, १२ चैत(रासस) : अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np