मह उत्पादन बढेसंँगै किसानको आम्दानी वृद्धि

प्रकाशित मिति: २१ पुष २०७५, शनिबार ०७:२९   सम्पादक: admin

जाजरकोट, २१ पुस (रासस) : मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिकरूपले मह उत्पादन हुने गरेको हो । उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानले बताएका छन् । वन विनास तथा अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्र अभाव र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो । यस वर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताउनुभयो । गत वर्ष नलगाडमा मात्रै आठ हजार किलोग्राम मह उत्पादन भएको उहाँको भनाइ थियो । गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । यहाँका २५० भन्दा बढी मौरीपालक किसान मह उत्पादन बढेसँगै आम्दानी वृद्धि भएपछि खुशी भएको डाँडागाउँका लेखबहादुर खड्काले बताउनुभयो । 

प्राङ्गारिक महका लागि सबैभन्दा उत्तम आहारा चिउरी हो । माग धेरै भएका कारण महको मूल्य पनि आकाशिएको छ । विगतमा प्रतिकिलो ५०० पर्ने मह अहिले ७०० पुगेको किसानले बताएका छन् । डाँडागाउँका रणबहादुर खत्रीले भन्नुभयो, “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ ।” मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका मौरीपालक किसानलाई नगरपालिकाले सहयोग गरेपछि उनीहरू उत्साहित भएका हुन् । प्राङ्गारिक महको माग बढेकाले अहिले व्यापारी किसानको घरमै मह खरीद गर्न पुग्ने गरेका छन् । उक्त नगरपालिकाभित्र मह उत्पादन हुने ठाउँमा यातायातको सुविधा भएकाले किसानलाई व्यापार गर्न सहज भएको छ । शुरुमा परम्परागत घारबाट मह उत्पादन गरेका यहाँका किसान अहिले आधुनिक घारको प्रयोग गरी मौरीपालन व्यावसाय गर्न थालेका छन् । उक्त नगरपालिकामा चार हजार मौरीघार छन् भने जिल्लाभर छ हजार घार रहेको बताइएको छ । मौरीपालक किसान अहिले यहाँको चिउरीको रुख संरक्षणमा लागेका छन् । वन मासिँदै जाँदा मौरीपालन व्यवसाय सङ्कटमा पर्ने भन्दै उनीहरुले चिउरी संरक्षणमा लागेका हुन् । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता.....

गलकोट, १० चैत (रासस) : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल.....

टिब्लिसी, ११ चैत (रासस/एएफपी) – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध.....

मस्को, ११ चैत (रासस/एएफपी) – सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि.....

जियाङ्सु, ११ चैत (रासस/सिन्ह्वा) – पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np