संस्कृत भाषा पाठशालामा अन्य विषयको पढाइ

प्रकाशित मिति: २१ पुष २०७५, शनिबार ०७:०१   सम्पादक: admin

गोदावरी, २१ पुस (रासस) : संस्कृत भाषा पाठशालामा संस्कृतको अलावा अन्य विषयको पढाइ हुनथालेको छ । संस्कृत विषयप्रति आकर्षण घट्दै जाँदा ११ दशक अघि ललितपुर महालक्ष्मी नगरपालिका–८ लुभूमा स्थापना भएको ‘संस्कृृत भाषा पाठशाला’ मा अहिले संस्कृतको अलावा अन्य विषयको पढाइ हुनथालेको हो । विसं १९४७ मा स्थापना भएको यो पाठशालालाई विसं २०४१ मा माध्यमिक विद्यालयमा रुपान्तरण गरिएको लुभू मावि व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल सिंहले जानकारी दिनुभयो । “लुभूमा संस्कृत अध्ययन गर्ने विद्यार्थी सङ्ख्या कम भएसँगै विसं २०४१ देखि नेपाली भाषाको अध्ययन तथा अध्यापन गर्न शुरु गरियो”, लुभू–८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले भन्नुभयो, “यस वर्षदेखि नेपाल सरकारले लागू गरेको नयाँ शिक्षामा जोड दिनुपर्छ भन्ने मान्यताका साथ पुसको अन्तिम सातादेखि स्नातक तहमा सिभिल इञ्जिनीयरिङ पढाइ हुँदैछ ।” “लुभू माविमा शिशुकक्षादेखि मावि तहसम्म अध्ययन गर्ने करीब ४०० विद्यार्थी रहेका छन्”, लुभू माविकी प्रधानाध्यापक प्रभा लक्ष्मी अमात्यले भन्नुभयो, “यस वर्षदेखि हामीले प्राविधिक शिक्षामा जोड दिउँ भन्ने उद्देश्यका साथ सिभिल इञ्जिनीयरिङको कक्षा सञ्चालन गर्न लागेका हौँ, नगरपालिकाले इञ्जिनीयरिङ तहमा अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक सामग्री उपलब्ध गराउने विश्वास दिलाएको छ ।” 

सो माविले सिभिल इञ्जिनीयरिङका लागि ४८ विद्यार्थी भर्ना गर्न पाउने स्वीकृत पाएको छ । तीमध्ये ४४ विद्यार्थीलाई इञ्जिीनयरिङ अध्ययन गर्दा सबै शूल्क तिर्नुपर्छ । बाँकी रहेका चार जना विद्यार्थी भने मेहेनती, जेहेन्दार, गरीब विपन्न, दलित, उत्कृष्ट नतिजा हासिल गर्न सफलबाट छनोट हुनुहुने छ”, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रका प्रमुख डिएन पराजुलीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

चौतारा, १२ चैत (रासस) : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत्.....

काठमाडौँ, १२ चैत(रासस) : अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np