कृषकको आकर्षण जर्सी गाईपालन

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार १०:५५   सम्पादक: admin

अमरगढी, २० पुस (रासस) : स्थानीय बजारमा दूधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर डडेल्धुरा जिल्लाका भित्री मधेशका किसान यतिखेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका छन् । दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि किसान उन्नत जातका गाईपालन गर्न थालेका हुन् । स्थानीय जातका साना गाईबाट जति राम्रो पालन पोषण भए पनि दूध कम आउने भएपछि जिल्लाका ग्रामीण भेगका किसान दूध बढी आउने जर्सी गाईपालनको व्यवसायतिर आकर्षत भएका हुन् । जिल्लाका केही गैरसरकारी संस्था र जिल्ला साविकको पशुसेवा कार्यालयबाट अनुदान पाएपछि स्थानीय जर्सी गाई कृषकको आकर्षणको केन्द्रविन्दु बनेको छ । दुई वर्ष पहिले पशुसेवा कार्यालयले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गर्ने किसानलाई ढुवानी अनुदान दिएपछि जिल्लामा अहिले २२ किसानले जर्सीगाई पालनको शुरुआत गरेको कार्यालयका प्रमुख पशुपति नाथले जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा भैँसीलाई मासुको रूपमा बाहिर जिल्ला लैजाने गरेपछि भैँसीपालनको विकल्पमा जर्सी गाईपालनतिर कृषक आकर्षित भएको बताउनुभयो । 

जिल्लाको भित्री मधेश क्षेत्रको आलिताल गाउँपालिकाको सेरी तथा परशुराम नगरपलिकाको जोगबुढाका र तुलाभाडीका किसानले हाल जर्सीगाई पालन व्यवसाय शुरु गरेपछि स्थानीय बजारमा दिन प्रतिदिन बढ्दै गएको दूधको माग पर्याप्त हुन थालेको छ । हाल डडेल्धुरामा साढे आठ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको पशुसेवा कार्यालयको तथ्याङ्क छ । हाल डडेल्धुरा जिल्लामा मात्र करीब पाँच सय जर्सी गाई भित्रिएको बताइएको छ । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १२ चैत (रासस) : सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

चौतारा, १२ चैत (रासस) : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत्.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np