कुसुन्डा भाषाको कक्षा सञ्चालन

प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार ०८:१३   सम्पादक: admin

नारायणपुर, २० पुस (रासस) : भाषा आयोगले लोपोन्मुख भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ दाङमा भाषा कक्षा सञ्चालन गरेको छ । नेपालमा बोलिने १२३ भाषामध्ये ३७ वटा भाषा संरक्षण गर्नुपर्ने अवस्थामा रहेको र तीन वटा भाषा लोपोन्मुख अवस्थामा रहेकाले भाषा कक्षा सञ्चालन गरेर नयाँ पुस्तालाई भाषा सिकाउने अभियानमा भाषा आयोग लागिपरेको छ । सङ्कटमा रहेका दुरा, तिलुङ र कुसुन्डा भाषा सङ्कटमा रहेको भन्दै भाषा जोगाउनकै लागि कक्षा सञ्चालन गर्न थालिएको भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बताउनुभयो । लोपोन्मुख भाषालाई विद्यालयमा पाठ्यक्रमकैरुपमा राखेर लैजाने योजनामा भाषा आयोग रहेको जानकारी दिँदै अध्यक्ष अवस्थीले अन्य भाषाको प्रभावमा परेर आफ्नो मातृ भाषा नबिर्सन आग्रह गर्नुभयो । लमहीमा शुरु भएको कुसुन्डा भाषा कक्षा सञ्चालन शुभारम्भ कार्यक्रममा भाषा आयोगका अध्यक्ष अवस्थीले कुसुन्डा भाषा जीवित राख्न स्थानीय सरकारले महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कुसुन्डा भाषा कक्षा लिनका लागि दाङसहित प्यूठान र सुर्खेतबाट सहभागी भएका छन् । भाषा आयोगले विज्ञको सहयोगमा कुसुण्डा भाषा कक्षा सञ्चालनका लागि पाठ्यक्रम तयार पारिसकेको छ । 

चार चरणमा विभाजन गरी साक्षरता कक्षा हुँदै कुसुन्डा भाषा विशेषज्ञ बनाउने उद्देश्यका साथ तयार पारिएको कुसुन्डा भाषाका अभियानकर्मी तथा कुसुन्डा भाषा शिक्षक उदयराज आलेले जानकारी दिनुभयो । तीन÷तीन महीनामा विभाजन गरिएको पाठ्यक्रम एक वर्ष कोर्ष पूरा गरेपछि कुसुन्डा विशेषज्ञका रुपमा तयार पार्ने आलेले बताउनुभयो । पूर्णवक्तालाई सम्मान र पुरस्कार नेपालमै कुसुन्डा भाषाका पूर्णवक्ताका रुपमा रहनुभएका दाङ लमही कूलमोड निवासी ज्ञानीमायाँ कुसुण्डा र रोल्पा निवासी कमला सेन कुसुन्डालाई सम्मान गरिएको छ । भाषा बचाउनका लागि दुई जना पूर्णवक्ताको ठूलो भूमिका रहेको भन्दै उहाँलाई सम्मान गरिएको हो । उहाँहरु लाई मासिक रु तीन हजारका साउनदेखि पुस महीनासम्मको रु १८ हजारसमेत हस्तान्तरण गरिएको छ । उहाँहरुलाई भाषा आयोगबाट मासिक रु तीन हजार ‘भाषिक वृत्ति’ पुरस्कारस्वरुप उपलब्ध गराइने भाषा आयोगले जनाएको छ । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

भक्तपुर, १२ चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np