पूर्वी नाकाबाट नेपाल आउने पर्यटक घटे

प्रकाशित मिति: १९ पुष २०७५, बिहीबार ०८:१६   सम्पादक: admin

भद्रपुर, १९ पुस (रासस) : अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् । तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ । सन् २०१७ मा सात हजार ५२८ विदेशी र तीन हजार ९६९ नेपाली नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार सन् २०१८ मा छ हजार ४१८ विदेशी र चार हजार ६५७ नेपाली भित्रिएका छन् । सन् २०१७ मा छ हजार ७४८ विदेशी र तीन हजार ६१८ नेपाली पर्यटक नाका हुँदै बाहिरिएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरी, सन् २०१८ मा छ हजार ४४५ विदेशी र चार हजार ६० नेपाली काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुक गएको कार्यालयले जनाएको छ । सन् २०१७ मा सो नाका हुँदै सबैभन्दा बढी बङ्गलादेशबाट दुई हजार २५, भूटानबाट एक हजार ६१६, अमेरिकाबाट ८२२, दक्षिण कोरियाबाट ४२० र फ्रान्सबाट २१२ पर्यटक भित्रिएको कार्यालय प्रमुख पवनकुमार गुप्ताले जानकारी दिनुभयो । त्यस्तै, सन् २०१८ मा सबैभन्दा बढी बङ्गलादेशबाट एक हजार ९३२, अमेरिकाबाट ८५६, भूटानबाट ७६९, कोरियाबाट ३६० र थाइल्याण्डबाट ३०८ पर्यटक नेपाल आएका थिए । उहाँले अघिल्लो वर्षभन्दा गत वर्ष नेपाल घुम्न आउने बङ्गलादेशी नागरिकको सङ्ख्यामा ९३ ले कमी आएको र भूटानी नागरिक पनि यस वर्ष ८४७ ले घटेको बताउनुभयो । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता.....

गलकोट, १० चैत (रासस) : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल.....

टिब्लिसी, ११ चैत (रासस/एएफपी) – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध.....

मस्को, ११ चैत (रासस/एएफपी) – सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि.....

जियाङ्सु, ११ चैत (रासस/सिन्ह्वा) – पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np