आशा,द होप फाउडेशनले आयोजना गरेको वाकाथन कार्यक्रम भब्यताका साथ सम्पन्न

प्रकाशित मिति: ८ पुष २०७५, आईतवार १३:५४   सम्पादक: admin

युवा हरुको लोकप्रिय संस्था आशा द होप फाउडेशनले आयोजना गरेको वाकाथन कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । पुस ७ गते विहान ११ बजे तामाङ गुम्बाबाट सुरु भएको कार्यक्रमको उत्घाटन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले गरेका थिए । उत्घाटन गर्ने क्रममा बोल्दै रमेश पौडेलले खेललाई प्रोत्साहन गर्न आशा फाउडेशनले वाकाथन गरेकोमा बधाई दिँदै सहयोग गर्ने गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए । रमेश पौडेलको मन्तब्य पस्चात नव नेवा युवा संघ र भग्वती युवा क्लबको धिमे बाजा टोलीले धिमे बजाएर कार्यक्रम प्रारम्भ गरेका थिए । नयँबस्ती तामाङ गुम्बाबाट सुरु भएको कार्यक्रम अर्याल गाउँ बौद्ध p पिपलबोट हुँदै बौद्ध स्तुपा परिक्रमा गरेर पुनः बौद्ध ,अरब बैंक,जोरपाटी बाट देवीथान बाट भेनस मोडमा पुगेको थियो । २५० भन्दा बढी सहभागी रहेको कार्यक्रम बेसीगाँउ,जोरपाटी नारायणटार हुँदै छिमेकी पार्टी प्यालेसमा गएर समापन भएको थियो । सहभागीलाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गेटमा बसेर स्वागत गरेका थिए । कार्यक्रमको समापन समारोह छिमेकी पार्टी प्यालेसको हलमा सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख आतिथ्यता राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा र गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको विषेश आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा निसानका अध्यक्ष ओम प्रसाद ढकाल,भेनस स्कुलका प्रधानाध्यापक नेत्र दाहाल,भेनस पब्लिक कलेजका डाईरेक्टर कृष्ण गौतम,युवा संघका नेता कर्ण लामा,पुरुषोत्तम सापकोटा,दिपेन लामा,समाज विकास सहकारीका अध्यक्ष रामलाल चौधरी,गोनपा कार्यपालिका सदश्य जगन्नाथ ढकाल र नवराज लामा,आत्तरखेल युवा क्लबका अध्यक्ष सुमन लामा,गोल्डेन फ्युचरकी प्रधानाध्यापक साधना खतिवडा,पर्ल्स स्कुलकी प्रधानाध्यापक अमृता सापकोटा,गोकर्णेश्वर नगरपालिकाकी सामाजिक विकास शाखाकी प्रतिनिधि अजिता कपाली,स्काउट लिडर राम भट्टराई, बिदुर गिरी,केश रत्न शाक्य,पिपुल्स पार्टी अध्यक्ष दिनेश खनाल,समाजसे,शान्ति श्रेस्ठ,राजन गोले,चुडामणिा पौडेल लगाएत बिभिन्न महिला समुह,स्काउट,पत्रकार,क्लब र समुहको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सबैलाई मेडल र प्रमाण्पत्र वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर चालिसेले गोकर्णेश्वर नागरपालीकाले युवा लक्षित बिभिन्न कार्यक्रममा खर्छ गरेको र आगामी दिनमा सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा परिषदको कामको जानकारी गराउँदै युवालाई सकारात्मक तरिकाबाट अघी बढाउन नगरपालिकाले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । कार्यक्रमका सहभागीलाई प्रमुख अतिथी लगाएतका अन्य अतिथिले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । मेडल वितरण पस्चात सहभागीलाई जलपानको प्रबन्ध मिलाउँदै संगेतिक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा भेनस कलेजका एकेडेमीक डाइरेक्टर कृश्ण गौतम,निसानका अध्यक्ष ओम प्रसाद ढकाल,पिपुल्स पार्टी अध्यक्ष दिनेश खनाल,गोकर्णेश्वर नपा प्रमुख सन्तोष चालिसे र प्रमुख अतिथी राष्ट्रिय युवा परिषदका अध्यक्ष माधव्ढुंगेलले मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका अध्यक्ष सुदर्शन बजगाईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np