‘समृद्ध बनाउन दातृ निकायको सहयोग आवश्यक’

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार १२:४२   सम्पादक: admin

काठमाडौँ, २० मङ्सिर (रासस) : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकलाई समृद्ध बनाउनका लागि दातृ निकायको सहयोग आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी)को राष्ट्रिय कार्यकारी समितिको ११औँ बैठकलाई सम्बोधन गर्दै उहाँले विगतमा दातृ निकालसँग साझेदारी गरेर मुलुकलाई अगाडि पु¥याएको र अब पनि मुलुकको विकासका लागि दातृ निकायको साझेदारी आवश्यक रहेको बताउनुभयो । मुलुकमा दातृ निकायलाई कुनै काम गर्न समस्या भए सरकारले त्यसको समाधान गरेर जाने मन्त्री पण्डितले बताउनुभयो । “कार्यक्रमले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकासमा सहयोग पु¥याउँछ,” उहाँले भन्नुभयो, “समृद्धि नेपाल र सुखी नेपाली अभियानलाई सहयोग पुरयाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ ।” कार्यक्रमको लगानीअनुसार शतप्रतिशत प्रतिफल ल्याउनुपर्ने उहाँको भनाइ थियो । बैठकमा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कार्यक्रमले प्रदेश र स्थानीय तहमा चुस्त, दिगो, समावेशी र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न सहयोग पु¥याउने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कार्यक्रमले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने बताउनुभयो । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापेलरले कार्यक्रमले नेपालको सुशासन र सामुदायिक विकासमा उल्लेखनीय प्रगति हुने बताउनुभयो । नेपाल र दातृ निकाय नर्वे, युरोपेली सङ्घ, राष्ट्र सङ्घीय निकाय, बेलायती सहयोग नियोगलगायत संस्थाको सहयोगमा सरकारले सन् २०१९ जनवरीदेखि प्रदेश र स्थानीय तहमा पिएलजिएसपी कार्यक्रम सञ्चालन गर्न थालेको छ । सन् २०२३ जुलाई १५ सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि रु १३ अर्ब बजेट विनियोजन गरिएको छ । सरकार, दातृ निकायको साझेदारीमा सन् २००८ देखि सन् २०१८ सम्म स्थानीय निकायमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम सकिएपछि पुनः सरकारले दातृ निकायको साझेदारीमा पिएलजिएसपी कार्यक्रम सञ्चालन गर्न थालेको छ । नेपालको रु तीन अर्ब र विकास साझेदारी दातृ निकायको रु १० अर्ब सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुने भएको मन्त्रालयका उपसचिव रेशम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा सङ्घका लागि रु एक अर्ब तीन करोड, सातवटै प्रदेशका लागि रु चार अर्ब एक करोड र स्थानीय तहका लागि रु सात अर्ब छ करोड र रु एक अर्ब ९० करोड प्राविधिक सहयोगका लागि छुट्याइएको छ ।

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np