कृषि पूर्वाधार र यान्त्रिकीकरणमा सहयोग गर्न आग्रह

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ११:४०   सम्पादक: admin

काठमाडौँ, २० मङ्सिर (रासस) : सरकारले नेपालको कृषि पूर्वाधार र यान्त्रिकीकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह गरेको छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालसँग नेपालका लागि अमेरिकी राजदूत रयाण्डी बेरीले आज सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा कृषि क्षेत्रमा सहयोगका विविध आयामका बारेमा छलफल भएको हो । भेटमा नेपाल र अमेरिकाबीच कृषि तथा पशुपक्षीका क्षेत्रमा हुन सक्ने सहयोग आदान प्रदानका विषयमा छलफल भएको कृषि तथा पशुपक्षी मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खनालले कृषि क्षेत्रमा असीमित आवश्यकता भए पनि आफूले सबै आवश्यकताको कुरा नगरी दुई पक्षबीच हुन सक्ने महत्वपूर्ण समझदारीका विषयमा छलफल गर्न सकिने बताउनुभयो । नेपालको ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुँदाहुँदै पनि आधुनिक प्रविधि र यान्त्रिकीकरणसँग जोड्न नसक्दा युवा जनशक्ति विदेशिनु परेकाले त्यो जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्नु अहिलेको नेपालको आवश्यकता रहेको मन्त्री खनालले बताउनुभयो । नेपालमा सबै प्रकारका कृषिउपज उत्पादन हुन सक्ने हावापानी भएकाले त्यो युवा जनशक्तिलाई व्यावसायिक कृषिमा जोड्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर हुने मन्त्री खनालको भनाइ छ ।

जवाफमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो सम्बन्ध रहेको भन्दै कृषि क्षेत्रमा आफ्नो देश सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले सहयोगका प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा चालू रहेका अमेरिकी सहयोगका परियोजनाको संयुक्त टोली बनाएर अनुगमन गर्न पनि सकिने राजदूतको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np