अनुदानमा कृषकलाई हाते ट्र्याक्टर

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०८:४७   सम्पादक: admin

वामी, २० मङ्सिर (रासस) : गुल्मीको मुसिकोट नगरपालिकाले कृषकका लागि ५० प्रतिशत अनुदानमा आधुनिक हाते ट्र्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक व्यक्ति र कृषक समूहलाई खेतबारी जोत्नका लागि आधुनिक नौ वटा हाते ट्र्याक्टर वितरण गरेको हो । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी प्रत्येक वडाका एक÷एक जनालाई हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाका अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । वडा कार्यालयमा आएका निवेदनअनुसार व्यक्ति तथा समूहलाई वडाको सिफारिशअनुसारलाई ट्र्याक्टर वितरण गरिएको अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार बोलपत्र प्रक्रियाबाट रु ७५ हजारमा खरीद गरिएका ट्र्याक्टरलाई रु ३७ हजार ५०० नगरपालिकाको अनुदान सहयोग तथा रु ३७ हजार ५०० स्वयं कृषक वा समूह आफ्नै लगानीमा हाते ट्र्याक्टर पाएका हुन् । कृषकलाई खनजोतमा सहज होस र उत्पादन वृद्धि गरी समृद्ध मुसिकोट निर्माणमा कार्यक्रम फलदायी हुने अधिकृत भण्डारीले बताउनुभयो । महोत्सवमा आर्थिक सहयोग थपिँदै झण्डै रु एक करोड सङ्कलन

बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिकरुपमा आर्थिक सहयोग रकम थपिँदै गइरहेको छ । महोत्सवको पाँचाँै दिन अर्थात् बुधबारसम्म नगद चन्दा प्रतिबद्धता, धान सुनलगायतबाट गरी कूल रु ९८ लाख बराबरको आर्थिक सहयोग जुटेको निसीभुजी जनता क्याम्पस ढोरपाटन बुर्तिवाङका क्याम्पस प्रमुख कृष्णकान्त आर्चायले बताउनुभयो । पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजीलाई सुविधा सम्पन्न क्याम्पस बनाउन शैक्षिक तथा धार्मिकोत्सवको आयोजना गरिएको हो । महोत्सव मङ्सिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख आर्चायले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np