नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०८:२८   सम्पादक: admin

डोटी, २० मङ्सिर (रासस) : नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताउनुभयो । श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा खुशी लागेको स्थानीय जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो, सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ खुशी भएका छौँ ।” शिविरमा नाक, कान, आँखा, घाँटीलगायत रोगको उपचार गरिएको सेनाका डाक्टर सुमन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क शिविर जिल्लाका अन्य ठाउँमा पनि गर्नेछौँ ।” उक्त शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np