सिँचाइ नहुँदा खेतीयोग्य जमीन बाँझो

प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार ०५:५०   सम्पादक: admin

तेह्रथुम, २० मङ्सिर (रासस) : सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ । जिल्लाको औल क्षेत्रमा वपन पर्याप्त वर्षा नहँुदा किसानले हिउँदे बाली लगाउन नपाएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । लामो खडेरीका कारण जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकैलगायतको कृषि बाली प्रभावित भएको उहाँको भनाइ थियो । पीडितलाई अहिले प्रदेश र स्थानीय सरकारले राहतसमेत वितरण गरेका छन् । जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायत खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आयात भइरहेको छ । जिल्लामा करीब तीन हजार हेक्टर जमिनमा गहुँखेती हुने गरेको छ ।

आकाशे पानीको भरमा खेती गरिँदै आएका जिल्लाका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चारामा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायत दुई दर्जनभन्दा बढी गाउँका हजारौँ हेक्टर खेतीयोग्य जमीनमा अहिले बाँझै छन् । केही स्थानमा उम्रिएको आलु, हिउँदे मकै, गहुँ, जौलगायत बाली पनि सुकेर मर्न थालेको चुहानडाँडाका किसान कृष्ण बाँस्कोटाले बताउनुभयो । लामो खडेरीका कारण खेतबारी र जङ्गलमा नयाँ घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान उहाँको भनाइ थियो । जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये छ हजार ४६० हेक्टर क्षेत्रफल जमीनमा मात्र सिँचाइ सुविधा छ ।जलविद्युत् सर्वेक्षण अनुमति तेह्रथुमका खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ । उक्त कम्पनीले विशेष साधारणसभा गरी सो आयोजना निर्माणका लागि विभागमा निवेदन गरेको थियो ।

कम्पनीले उक्त आयोजना दुई हजार किलोवाटको हुने प्रस्ताव गरिएको छ । विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताउनुभयो । उक्त कम्पनीले हाल साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताउनुभयो । जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना मानिएको उक्त आयोजनाको निर्माण ६० प्रतिशत पूरा भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np