सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार ०६:२०   सम्पादक: admin

भोजपुर, १९ मङ्सिर (रासस) : नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको उपचार गरिएको छ । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । स्थानीय कुलबहादुर गिरीले भन्नुभयो, “आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो । सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ ।” शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगको उपचार गरिएको थियो । शिविरमार्फत टेम्केमैयुङ गाउँपालिका– ५, ६, ७, ८ र ९ का स्थानीयवासीले सेवा लिएका छन् । डा पवित्रा श्रेष्ठ, डा राम श्रेष्ठलगायत चिकित्सकले बिरामीको उपचार गरेका थिए । बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np