प्रसूति सेवा प्रभावित

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार ०६:१६   सम्पादक: admin

बैतडी, १९ मङ्सिर (रासस) : एक महीनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित हुँदै आएको छ । चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ । अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्सको आवश्यकता पर्छ । “गर्भवतीको अल्ट्रासाउण्ड सेवासमेत ठप्प भएको छ,” उहाँले भन्नुभयो । जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा नर्सको अभावमा प्रभावित भएको छ । “शल्यक्रिया गर्न चिकित्सकलाई सहयोगीका रूपमा स्टाफ नर्सको आवश्यकता पर्छ,” उहाँले भन्नुभयो । जटिल खालका बिरामी आउँदा उपचार गर्न गाह्रो भएको उहाँको भनाइ छ । डा विष्ट अस्पतालमा नभएको बेला अल्ट्रासाउण्ड सेवा ठप्प हुन्छ । अल्ट्रासाउण्ड गर्ने तालीमप्राप्त नर्सको सरुवा भएपछि सेवा प्रभावित भएको हो । जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ । हाल एक जना मात्र कार्यरत छन् । अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्ला दार्चुलाका विभिन्न ठाउँका सेवाग्राहीसमेत आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौलीमा समेत स्टाफ नर्सको दरबन्दी रिक्त छ ।

चिकित्सक र नर्सको अभावमा यहाँका बिरामी उपचारका लागि डडेल्धुरा, धनगढी तथा सीमावर्ती भारतीय शहर पिथौरागढ जानुपर्ने बाध्यता छ । स्वास्थ्य सेवालाई स्थानीय तहमा हस्तान्तरण गरेपछि झन् समस्या भएको छ । जताततै कर्मचारी अभाव छ । “सामान्य बिरामीले पनि उपचार गर्न भारत जानु परिरहेको छ,” दोगडाकेदार–३ श्रीकोटका राम विष्टले भन्नुभयो, “स्थानीस्तरमा भएका स्वास्थ्य चौकीको स्तरोन्नति गरी दरबन्दीअनुसारका चिकित्सक र नर्स पूर्ति गर्नुपर्छ ।”

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np