विद्यालयलाई रु छ लाखको जग्गा

प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार ०५:५२   सम्पादक: admin

जाजरकोट, १९ मङ्सिर (रासस) : नलगाड नगरपालिका–३ कैनाबजारका चार अभिभावकले सूर्योदय माध्यमिक विद्यालयका लागि जग्गा खरिद गरेका छन् । कैनाबजारका आँैसी घर्ती, मिश्रीबहादुर पुन, मनबहादुर विष्ट र गोरखबहादुर पुनले जनही रु डेढ लाख आर्थिक सहयोग गरी विद्यालयका लागि १० आना जग्गा खरिद गरेका हुन् । विद्यालयमा भवन निर्माणका लागि जग्गा नहुँदा व्यक्तिगत रूपमा रकम उठाएर जग्गा किनिदिएको घर्तीले बताउनुभयो । उहाँ विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत हुनुहुन्छ  । खेलमैदानमा शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त अनुदानले चारकोठे भवन निर्माण गरिँदै छ । खेलमैदान फराकिलो बनाउनका लागि समेत जग्गा खरिद गरेको घर्तीको भनाइ छ । विद्यालय चन्दाको भरमा सञ्चालन भइरहेको छ । चारै जनाले सुन, भैँसी, खसीलगायत सामग्री बिक्री गरेर जग्गा खरिदका लागि रकम जुटाएका हुन् । विद्यालयमा पूर्वाधार अभाव रहेको प्रधानाध्यापक बहादुर पन्तले बताउनुभयो । पुरानो जीर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो । विद्यालयमा हाल झण्डै ४०० विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np