सुदूरपश्चिममा लगानी गर्न आग्रह

प्रकाशित मिति: २ मंसिर २०७५, आईतवार १०:५५   सम्पादक: admin

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगी/व्यवसायीलाई लगानी गर्न आग्रह गर्र्नुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले यस क्षेत्रका उद्योगी/व्यवसायीलाई सुदूरपश्चिममा लगानी गरेर प्रतिफल लिन आग्रह गर्नुभयो । बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित गरी लगानी सम्मेलन गर्न लागिएको पनि जानकारी दिनुभयो । नयाँ उद्योगहरुलाई करका दरमा छुट दिइने भन्दै उहाँले सुदूरपश्चिम लगानीका लागि राम्रो प्रतिफल दिने क्षेत्र बन्ने बताउनुभयो । जलविद्युत्, पर्यटन, केबुलकार, हवाई सेवा, उच्च मूल्यका जडीबुटीको विकास र विस्तार, कृषि र पशुपक्षी पालनमा बढी सम्भावना रहेको उहाँको भनाइ थियो । चितवनमा रहेका धेरै उद्योगी/व्यवसायीलाई प्रदेश सरकारले उद्योगका लागि स्थान तोकेर भाडामा जग्गा उपलब्ध गराउने पनि उहाँले बताउनुभयो । मन्त्री बोहोराले अन्तर प्रदेशका बीचमा समन्वय गरेर काम गरेमा सबै प्रदेशलाई फाइदा पुग्ने उल्लेख गर्दै यसबाट ऐन कानूनहरु, नियमावली, कार्यविधिमा एकरूपता दिन सकिने बताउनुभयो । अन्तर प्रदेश बीचमा निर्भरता बढाउनुपर्ने भन्दै उहाँले एक प्रदेशले अर्को प्रदेशमा सम्भावित क्षेत्रहरुमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np