फूलखेतीबाट मनग्य आम्दानी

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार ०८:१०   सम्पादक: admin

बनेपा, २१ कात्तिक (रासस) : विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आउनुभएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताउनुभयो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक रुपमा नै खेती गर्दै आउनुभएका खड्काले मौसमी फूल खेती गरे रु ५० हजारभन्दा बढी आम्दानी गरिसकेको बताउनुभयो । उत्पादन गरेको फूल बनेपा र काठमाडौँको बजारमा बेच्दै आएकामा अब अलिअलि मात्रै बाँकी छ । उहाँले भन्नुभयो, “दुःख गरेअनुसार आम्दानी राम्रै छ ।” उहाँले तिहार लक्षित गरेर सयपत्री, गोदावरी र मखमली फूल उत्पादन गरी बिक्री गरेको बताउनुभयो । विगत सात वर्ष अगाडि शुरुमा ११ लाखमा टनेल निर्माण गरेरै पुष्पखेती गर्दै आउनुभएका उहाँले अरु विभिन्न जातका मौसमी तथा बेमौसमी फूलखेती गर्दै आइरहनुभएको छ । काभ्रेमा पछिल्लो समयमा व्यावसायिक पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्या बढिरहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रे शाखाले जनाएको छ । शाखाका उपाध्यक्ष भेषराज दनुवारका अनुसार जिल्लाको रोशी गाउँपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, र भुम्लु गाउँपालिकामा व्यावसायिक पुष्पखेती गर्ने किसान रहेका छन् । “काभ्रेको अधिकांश भूभाग ग्रामीण क्षेत्र भएको कारण धेरैजसो किसानले आफूलाई प्रयोग गर्नको लागि र केही किसानले मौसमी तथा धार्मिक समयलाई लक्षित गरी फूलको खेती गरिएको कारण काभ्रेमा तिहारको लागि उपयोग गर्न फूल आयात गर्नै पर्दैन ।” दनुवारले भन्नुभयो ।

उहाँका अनुसार काभ्रेमार्फत् काठमाडौँको बजारमा तिहारको लागि दुई लाख सङ्ख्यामा पुष्प माला निर्यात गर्न सफल भएको छ । सो खेतीमार्फत् जिल्लामा गरिएको खेतीमार्फत् तिहारमा मात्र रु एक करोड नगद आम्दानी भइरहेको उहाँले बताउनुभयो । व्यावसायिक हिसाबले अगाडि बढिरहेको खेतीमा बर्खामा आएको बाढीका कारण कतिपय व्यवसायीको फर्ममा बाढीले क्षति पुरयाएको कारण भने जति आम्दानी गर्न नपाएको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताउनुभयो । जिल्लाका पुष्प व्यवसायीका अनुसार काभ्रेमा उत्पादन भएको रैथाने जातको पुष्प नरम पत्र भएकाले निर्यात गर्ने समयमा प्याकिङ उपयुक्तरुपमा नगरिने हुँदा फूलको पत्र खुम्चने समस्याको कारण पनि बजारी करणमा समस्या हुने गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० वैशाख (रासस) : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ले परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने.....

नेपालगञ्ज, १० वैशाख (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने.....

हेटौँडा, ८ वैशाख (रासस) : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय.....

–रमेश लम्साल काठमाडौँ, १० वैशाख (रासस) : आगामी असारदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको मध्य भोटेकोशी.....

काठमाडौँ, १० वैशाख (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी किताबखाना लैनचौरमा कार्यरत कम्प्युटर.....

काठमाडौँ, १० वैशाख (रासस) : भूकम्पअघि नै कालोपत्र गर्ने गरी ठेक्का गरिएको विष्णुमती कोरिडोरको करीब छ किमी सडकको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np