बङ्गलादेश जाने खेलाडी बिदाई

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार ०७:४७   सम्पादक: admin

काठमाडौँ, २१ कात्तिक (रासस) : सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । खेलाडीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिनुभयो । यही कात्तिक २३ देखि २५ गतेसम्म सो प्रतियोगिता बङ्गलादेशको ढाकामा हुँदैछ । प्रतियोगिताको पुरुषमा राकेश महर्जन र भीमबहादुर थापा तथा महिलामा आस्मी तामाङले खुला तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । अन्तर्राष्ट्रिय कराते अर्गनाइजेसन (आईकेओ) क्योकुसिनकाइ, बंगलादेशको आयोजनामा हुने प्रतियोगितामा राजु तुलाधरले टिम व्यवस्थापक तथा चन्द्रश्याम डंगोल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली बुधबार बंगलादेशको ढाका जानेछ ।

मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड स्नुकर तथा पुल संघ आज पुनर्गठन गरेको छ । पुनगर्ठित संघको उपाध्यक्षमा विन्देश्वर श्रेष्ठ, ध्रुव तुलाधर, मनोज खड्गी, हीरा दाहाल र गोपाल माली, महासचिवमा केशवराज अधिकारी, सचिवमा मुकेश बुढाथोकी, सह–सचिवमा सञ्जयकुमार मुल्मी, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ तथा सह–कोषाध्यक्षमा केशर मल्ल रहेका छन् । सदस्यमा राजन लामा, सरोज कार्की, एलिना महर्जन, विवश केसी, निर्मल पाण्डे, मनोजकुमार सिंह, मनोज केसी, राधा श्रेष्ठ, सुवास राई, गजराज खड्का र राखेपबाट २ प्रतिनिधि छन् । पदाधिकारीहरुलाई राखेपका सदस्य–सचिव विष्टले आज प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पुनर्गठित संघलाई समय साक्षेप विधान संशोधन गरी राखेपबाट स्वीकृति लिइ तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np