अमेरिकाको संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

प्रकाशित मिति: २१ कार्तिक २०७५, बुधबार ०७:२२   सम्पादक: admin

सिकाको, २१ कात्तिक (रासस÷एएफपी) : अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एक जना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुनुुहुन्छ । मिन्नेसोटा प्रदेशमा उहाँ विजयी हुनुभएको हो । त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित हुनुभएको छ । प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उहाँको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ । संसद्मा उहाँहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित हुनुभएको छ । संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन हुनुुहुन्छ । उहाँ इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । उहाँले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्नुहुुन्छ । अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उहाँहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ४ चैत (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता.....

विराटनगर, ५ चैत (रासस) : बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा.....

विराटनगर, ४ चैत (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक.....

वासिङ्टन, ५ चैत (रासस÷सिन्ह्वा) : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा.....

घोराही, ५ चैत (रासस): दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् ।.....

भक्तपुर, ५ चैत (रासस) : नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np