कृषि क्षेत्रले व्यापार घाटा न्यूनीकरण गर्छः मन्त्री विष्ट

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार १०:४१   सम्पादक: admin

काठमाडौँ, २० कात्तिक (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उहाँले श्रमिक र उद्योगी बीचका विद्यमान समस्या सामूहिक छलफलबाटै समाधान गरिने बताउनुभयो । मुलुकमा बढ्दै गएको व्यापार घाटा न्यूनीकरण तथा रोजगार वृद्धि गर्न कृषि क्षेत्र महत्वपूर्ण भएको बताउँदै मन्त्री विष्टले प्रादेशिक विशेषताअनुसार उत्पादन बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री हरिबोल गजुरेलले कृषकलाई समयमै बीउबिजन, उपकरणलगायत सामग्री उपलब्ध गराउन गर्नसकेमा उत्पादन वृद्धि गर्न सहज हुने हुँदा त्यसचर्फ सङ्घीय नीति सहयोगी हुनुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रियसभाका सांसद् बलराम बाँस्कोटाले कृषि प्रणालीलाई यान्त्रीकरण गर्नुपर्नेमा जोड दिनुभयो । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसीले राष्ट्रिय बजेटको करीब दुई प्रतिशत मात्र कृषि क्षेत्रमा विनियोजन गरिएकाले कृषकलाई विभिन्न शीर्षकमा तालीम तथा अनुदान उपलब्ध गराउन नसकिएको बताउनुभयो । नेपाल कृषि सहकारी महासङ्घका महाप्रबन्धक रुद्र भट्टराईले आफ्नो संस्थाअन्तर्गत विभिन्न ७१ जिल्लामा साना किसान कृषि सहकारी संस्था र समान प्रकृतिका अन्य संस्था गरी ९४२ सदस्य सङ्गठन विस्तार भइसकेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर (रासस) : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी.....

दाङ, २ मङसिर (रासस) : प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा.....

जनकपुरधाम, २ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np