क्यामरुनको एक विद्यालयबाट असी बालबालिका अपहरित

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार ०९:५३   सम्पादक: admin

याओअनडे, क्यामरुन, २० कात्तिक (रासस÷एएनआइ) : क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ७९ बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ । विद्यालयको छात्रवासमा बस्ने गरेका ती बालबालिकालाई राति सुतिरहको अवस्थामा अपहरण गरेको जनाइएको छ । बामेन्दा इलामा रहेको यस प्रस्बाइटेरिआन निम्न माध्यामिक विद्यालयमा प्रवेशद्धारमा सुरक्षाको लागि खटिएका गार्डलाई जबरजस्ती हटाएर केही व्यक्तिहरु विद्यालयमा प्रवेश गरी सुरतिरहेका बालबालिकालाई अपहरण गरेको बताइएको छ । सशस्त्र आएका यी व्यक्तिहरुले ती बालबालिका र प्रधानाध्यापकसहित अन्य तीन व्यक्तिलाई पनि अपरहण गरेका थिए । यस अपहरणपछि प्रहरी र सैनिक अधिकारीहरुले अपहरित व्यक्तिको खोजी भइरहेको बताएका छन् । अङ्ग्रेजीभाषी यी पृथकतावादी लडाकूहरुले क्यामरुनबाट अलग हुन पाउनुपर्ने माग राखेर संघर्ष गरिरहेका छन् । यी अपहरणकारीहरु ती बालबालिकालाई प्राय अशान्त भइरहने क्यामरुनको उत्तर र दक्षिणपश्चिमी क्षेत्रमा लगेको हुनसक्ने आशङ्का गरिएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

उर्लाबारी, ५ माघ (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर.....

कास्की, ५ माघ (रासस) : नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले.....

काठमाडौँ, ५ माघ (रासस) : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई.....

काठमाडौँ, ५ (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व.....

भक्तपुर, ५ माघ (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np