अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च : मन्त्री ज्ञवाली

प्रकाशित मिति: २० कार्तिक २०७५, मंगलवार ०७:२४   सम्पादक: admin

काठमाडौँ, २० कात्तिक (रासस) : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताउनुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियाको सफलता र नयाँ संविधानको प्रगतिशील व्यवस्थाबारे सम्बोधन गरिरहँदा विश्व जगत्ले चनाखो भएर सुनेको उल्लेख गर्दै नेपालको छवि विगतको तुलनामा उच्च भएको बताउनुभयो । दक्षिण सुडान, अफगानिस्तान र म्यानमालगायत मुलुकका उच्चस्तरीय प्रतिनिधि नेपाल आएर यहाँको शान्ति प्रक्रियाबारे अध्ययन गरेर गएको भन्दै उहाँले पछिल्लो समयमा नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सन्तुलितरूपमा सुधार गरेको बताउनुभयो । सङ्घीय संरचना भर्खरै बनेकाले सरकारले छोटो समयमा जनताका सबै अपेक्षा पूरा गर्न नसकेको मन्त्री ज्ञवालीको भनाइ थियो । उहाँले समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य हिमाल शर्माले पछिल्लो समयमा नेपालको परराष्ट्र सम्बन्धमा सुधार आएको बताउनुभयो । अर्का केन्द्रीय सदस्य बलराम बाँस्कोटाले चाडपर्वपछि सरकारले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np