उत्तर कोरियाली नेता र क्युबाका राष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार ११:५४   सम्पादक: admin

सोल, १९ कात्तिक (रासस÷एएफपी) : प्योङ्याङ भ्रमणमा रहनुभएका क्युबाका राष्ट्रपति मिगल डायाज कनेल र उत्तर कोरियाली नेता किम जोङ उनबीच उत्तर कोरियाली राजधानी प्योङयाङमा भेटवार्ता भएको छ । उहाँहरुबीच अत्यन्त महत्वपूर्ण र समसामयिक अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल भएको उत्तर कोरियाली सरकारद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ । गएको जुन महिनामा उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच भएको उच्चस्तरीय वार्तालगत्तै वासिङ्टनले क्युबामाथि आर्थिक नाकाबन्दी लगाएका थियो । त्यो नाकाबन्दी अहिले पनि जारी नै छ । करिब आधा शताब्दिपछि सन् २०१५ मा संयुक्तराज्य अमेरिका र क्युबाबीचको सम्बन्ध पुनस्र्थापना भएको थियो । तर अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि भने यो सम्बन्ध पुनः विग्रिएको थियो । सम्बन्ध विग्रिएपछि गत जुन महिनामा अमेरिकाले क्युबामा नाकाबन्दी लगाएको थियो । क्युबा कम्युनिष्ट शासन व्यवस्था रहेको देश हो । त्यसैले विश्वका केही मात्र देशहरुसँगको राम्रो सम्बन्ध रहेको उत्तर कोरियाको क्युबा पनि एक सहयोगी देश हो ।

गत आइताबर क्युबाली राष्ट्रपति उत्तर कोरियाको प्योङयाङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उत्तर कोरियाली नेता उनले उहाँलाई विशेष स्वागत गर्नुभएको थियो । त्यस अवसरमा क्युबाली राष्ट्रपतिको सम्मानमा उत्तर कोरियाली सेनाले २१ तोपको सलामी पनि अर्पण गरेका बताइएको छ । उत्तर कोरियाली समाचार समिति केसिएनएले उहाँहरुबीचको वार्ता महत्वपूर्ण रहेको बताएको छ । तर पनि त्यो वार्ता के कस्तो विषयमा भएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।

तपाईको प्रतिक्रिया

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

काठमाडौँ, ३० कात्तिक (रासस) : प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे.....

काठमाडौँ, १ मङ्सिर (रासस) : नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र.....

काठमाडौँ, १ पुस (रासस) : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np