जेभियरको ऐतिहासिक सम्झौता :जेभियरका विद्यार्थीलाई इसेवाले रोजगार र इन्टर्न्सिप ग्यारेन्टी गर्ने

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार ०८:१७   सम्पादक: admin

१९ कात्तिक, काठमाडौं । जेभियर इन्टरनेशनल कलेजबाट बिभिन्न बिधामा स्नातक गर्ने विद्यार्थीलाई इसेवाले प्रयोगात्मक (इन्टरर्नशीप)का साथै रोजगार व्यवस्थापनको जिम्मा समेत लिने भएको छ । जेभियर र इसेवाबीच सोमबारबाट यो सम्झौतासँगै विद्यार्थीलाई परामर्शसमेत दिन सुरु भएको छ ।जेभियर इन्टरनेशनल कलेजमा सोमवार आयोजित कार्यक्रममा इसेवाका संस्थापक असगर अलीले विद्यार्थीहरुलाई परामर्श दिनुका साथै प्रयोगात्मक सिकाइ र रोजगारी उपलव्ध गराउने बताए । यसअघि इसेवाले एमबीबीएसका विद्यार्थीलाई सो सेवा उपलव्ध गराएको थियो ।जेभियर इन्टरनेशल कलेजमा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम र सम्बन्धमा बिसिए,बीबीए र बीबीएम पढ्ने विद्यार्थीको प्रयोगात्मक कार्यक्रम अब इसेवाले गराउने कलेजका कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले बताए । उनका अनुसार यस्तो सेवा उपलव्ध हुने जेभियर एकमात्र कलेज हो ।

भण्डारीले भने- अब जेभियरमा त्रिभुवन विश्वविद्यालयको नयाँ कार्यक्रम अन्तर्गत बिभिन्न बिधामा स्नातक पढ्ने विद्यार्थीको प्रयोगात्मक इसेवाले गराउँछ । प्रयोगात्मक पछि रोजगारी पनि उसैले उपलव्ध गराउनेछ । हामीबीच यो सम्झौताले विद्यार्थीलाई ठूलो अवसरको ढोका खोलेको छ ।जेभियर कलेजले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत कार्यक्रम अन्तर्गत बिसिए, बिबिए,बिबिएम, एमबीएसलगायतका बिधामा पठनपाठन गराइरहेको भण्डारीले बताए । अब इसेवासँगको सम्झौतापछि प्रयोगात्मक र रोजगारीको सुबिधा थपिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

विराटनगर, ७ फागुन (रासस) : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमका.....

पोखरा, ७ फागुन (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने.....

काठमाडौँ, ७ फागुन (रासस) : मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको.....

विराटनगर, ७ फागुन (रासस) : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमका.....

टोकियो, ७ फागुन (रासस÷एएफपी) – कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना.....

हङकङ, ७ फागुन (रासस/एएफपी) – विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np