घुम्ती शिविरबाट साढे दुई सय लाभान्वित

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार ०६:३४   सम्पादक: admin

म्याग्दी १९ कात्तिक (रासस) : म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दालाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा नागरिकता वितरण, स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्रका लागि सिफारिशलगायतका सेवा दिइएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ८० जनालाई नागरिकता वितरण गरिएको छ । ७६ वर्षीया डिलमती पाइजालाई नागरिकता प्रदान गरेर शिविरको शुभारम्भ गरिएको थियो । ६७ वर्षको उमेरमा नागरिकता लिएका बलवीर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताउनुभयो । सोही शिविरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश गरेको छ । बेनी अस्पतालका चिकित्सक डा विराट शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले १५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको थियो । यसअघि शुक्रबार र शनिबार धौलागिरि गाउँपालिकाको दुर्गम बस्ती गुर्जामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट ५०० ले सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको.....

बर्दिवास, २७ मङ्सिर (रासस) : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘काठमाडौँ तराई÷मधेश द्रुतमार्ग’को प्रवेशविन्दु.....

काठमाडौँ, २७ मङ्सिर (रासस) : नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np