दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार १०:५५   सम्पादक: admin

काठमाडौँ, १८ कात्तिक (रासस) : सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक राजश्व सङ्कलनमा गरेको कडाइका कारण राजश्व सङ्कलनमा वृद्धि भएको हो । यस्तै विकास खर्च भने आशातीत रुपमा बढ्न सकेको छैन । सो कार्यालयका अनुसार हालसम्म विकास खर्च ७ दशमलव ७६ प्रतिशत मात्रै भएको छ । चाडबाडका कारण विकास खर्चमा उल्लेख्य वृद्धि हुन नसकेको बताइन्छ । भन्सार विभागका अनुसार वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजश्व सङ्कलन गरेको छ । यस्तै बढी राजश्व सङ्कलन गर्नेमा क्रमशः भैरहवा भन्सार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, विराटनगर, वीरगञ्ज सुक्खा बन्दरगाह, नेपालगञ्ज, रसुवा, मेची, कृष्णनगर, कैलाली, जलेश्वर भन्सारलगायत छन् । हाल २० भन्सार नाका सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

चितवन, २ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका.....

नयाँदिल्ली, १ मङ्सिर (रासस÷सिन्ह्वा) : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार.....

जिरी, १ मङ्सिर (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल.....

–रामबहादुर थापा बागलुङ, २ मङ्सिर (रासस) : हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी.....

दाङ, २ मङसिर (रासस) : प्रदेश नं ५को प्रहरी कार्यालयले आजदेखि तुलसीपुरस्थित नेपाल प्रहरीकै अञ्चल गुल्म बसेको भवनमा.....

जनकपुरधाम, २ मङ्सिर (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np