सहयोगको पर्खाइमा दलित विद्यालय

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार ०७:१७   सम्पादक: admin

रोल्पा, १८ कात्तिक (रासस) : समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुरयाउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा स्थापना गरिएको जनएकता आधारभूत विद्यालयमा आर्थिक स्रोत अभाव हँुदा सञ्चालनमा समस्या हुँदै आएको हो । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल १०१ विद्यार्थीले अध्ययन गर्छन् । अध्ययनरत विद्यार्थी सबै दलित समुदायका छन् भने विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारी र एक शिक्षकबाहेक सबै शिक्षक पनि दलित समुदायका छन् । विद्यालय समुदायले स्थापना गरेको धेरै समयपछि सरकारले एउटा दरबन्दी दिएको छ । बाँकी तीन शिक्षक र एक कार्यालय सहयोगी समुदायले निजी स्रोतबाट तलब सुविधा दिने गरी भर्ना गरेका छन् । सरकारले उपलब्ध गराएको दरबन्दीमा गैरदलित समुदायका रहे पनि बाँकी सबै शिक्षक र कर्मचरी दलित समुदायका छन् ।

विद्यालयमा शिक्षकले न्यून तलबमा काम गर्न बाध्य भएको विद्यालयका पूर्वशिक्षक भरत नेपालीले जानकारी दिनुभयो । मासिक रु दुई हजार ५०० देखि रु पाँच हजार तलब पाउने गरी विद्यालयको सेवा गरिरहेका नेपालीले बताउनुभयो । लामो समयसम्म न्यून तलबमा काम गर्न सकिने अवस्था नभएकाले राज्यले विद्यालयमा दरबन्दी थप्नुपर्ने नेपालीको भनाइ छ । जिल्ला शिक्षा कार्यालय, गाउँपालिका वा अन्य सङ्घ संस्थाले दिने योजनाको बजेट बराबर श्रमदान गरेर बचाएको पैसाले निजी स्रोतको शिक्षक व्यवस्थापन गर्न बाध्य भएका छौँ प्राधानाध्यपक नुमप्रसाद शर्माले भन्नुभयोे । दलित समुदायमा आर्थिक विपन्नता समेत रहेकाले अभिभावकबाट सहयोग उठाउने अवस्था छैन् शर्माले भन्नुभयो । गरीबीका कारण जाडो मौसममा लगाउने अतिरिक्त पोशाक नहुँदा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

बेझाड (पाल्पा), १ पुस (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल.....

काठमाडौँ, १ पुस (रासस): परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही पुस २ गते बिहान संयुक्त राज्य अमेरिकाको भ्रमणमा.....

चितवन, १ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरका मानिसको.....

काठमाडौँ, १ पुस (रासस : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको.....

–श्याम रिमाल काठमाडौँ, १ पुस । भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np