मोतीयाबिन्दुका ४३ बिरामीको निःशुल्क शल्यक्रिया

प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार ०६:०३   सम्पादक: admin

वालिङ, १८ कात्तिक (रासस) : स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ । आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताउनुभयो । गत बिहीबारबाट शुरु भएको निःशुल्क शल्यक्रिया शिविरमा सर्जन डा हरिमाया गुरुङको नेतृत्वमा रहेको सात आँखारोग विशेषज्ञले सेवा प्रदान गर्नुका साथै बिरामीहरुलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो । “आर्थिक अभावमा आँखासम्बन्धी समस्या भएर पनि उपचार गराउनबाट बञ्चित भएकालाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरिएको हो” आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले भन्नुभयो, “यो शिविरबाट आँखाका बिरामीले निःशुल्क रूपमा शल्यक्रिया गर्ने, औषधि, चश्मा तथा आँखाको सुरक्षाका लागि परामर्शसमेत पाएका छन् ।” शिविरमा स्याङ्जाका वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दक्षिण पर्वतका केही भेगका आँखाका बिरामी शिविरबाट लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np